धरान । धरान जुनियर जेसीजले संस्थाको सदस्यता लिन इच्छुकहरूको निम्ति संस्थाको बारेमा जानकारी दिने उद्देश्यले ‘प्रि– इन्डक्सन’ तालिम सम्पन्न गरेको छ ।

धरान जेसीजको धरान–३ स्थित सचिवालयमा धरान जुनियर जेसीजका अध्यक्ष जोश साहको अध्यक्षतामा सम्पन्न उक्त तालिममा विभिन्न शैक्षिक संस्थामा अध्ययनरत विद्यार्थीहरूको सहभागिता रहेको थियो । धरान जेसीजकी कानूनी सल्लाहकार आयुष्मा शाक्यले सहभागीहरूलाई तालिम प्रदान गरिन् भने कार्यक्रमको संयोजन जुनियर जेसीजका उपाध्यक्ष सन्तोष कोइरालाले गरेका थिए ।

कार्यक्रमले नयाँ सदस्यता लिन इच्छुकहरूलाई संस्थाको बारेमा बुझ्न थप सहज भएको सहभागीले जानकारी दिए । तालिममा सहभागीहरूलाई संस्थाको नियम अनुसार औपचारिक रूपमा संस्थाको सदस्यता प्रदान गरिने कोषाध्यक्ष प्रेसीका निरौलाले जानकारी दिइन् ।