धरान । कोशी लोकमार्गअन्तर्गत धरान–इटहरी सडक–खण्डअन्तर्गत धरानको तीनकुने क्षेत्रमा धरान मुस्लिम एकता समाजले वृक्षरोपण गरेको छ ।

सडकको बीचमा रहेको डिभाइडरमा १२ फिट अग्लो हुने हाइब्रिड शिरिष प्रजातिको बिरुवा रोपिएको छ । सडकलाई सौन्दर्यीकरण गर्ने उद्देश्यले वृक्षरोपण गरिएको समाजका अध्यक्ष फिरोज अलीले जानकारी दिए । उनका अनुसार एक सय १० वटा बिरुवा रोपिएको हो ।

कार्यक्रममा धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई, समाजका वरिष्ठ सल्लाहकार डाक्टर खालिद हुसैन हक, अध्यक्ष अलीलगायतको उपस्थितिमा बिरुवा रोपिएको छ । करिब ४४ हजार रुपैयाँ बिरुवामा खर्चिएको अध्यक्ष अलीले जानकारी दिए । यसले धरानको पर्यटन प्रवर्धनमा भूमिका खेल्ने उनले विश्वास लिए ।

flower2