इटालीका प्रधानमन्त्री जियोर्जिया मेलोनी र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँबीच रोममा भेटवार्ता भएको छ । फ्रान्सका पूर्व राष्ट्रपति जियोर्जियो नेपोलिटानोको ९८ वर्षको उमेरमा शुक्रबार निधन भएपछि उहाँको राजकीय अन्त्येष्टिमा सहभागी हुन म्याक्रोँ इटालीको राजधानी रोम पुगेका हुन् ।
यसै महिनाको सुरुमा इटालियन टापु लाम्पेडुसामा आप्रवासीको आगमनमा तीव्र वृद्धि भएपछि युरोपेली सङ्घमा शरणार्थीको जिम्मेवारी कसले लिने भन्ने विषयमा तीतो बहस सुरु भएको थियो । फ्रान्समा विशेष गरी तातो बयानबाजी भएको छ, जहाँ देशको त्रिशंकु संसद्मा राजनीतिक दलहरूले नयाँ आगमनलाई नियन्त्रण गर्ने कानूनको मस्यौदालाई लिएर विवाद गरिरहेका छन् ।
“हामी इटालियालीहरूलाई एक्लै छोड्न सक्दैनौं,” म्याक्राँले आइतबार एक टेलिभिजन अन्तर्वार्तामा भने् । सहयोगको प्रस्तावलाई मेलोनीले तुरुन्तै ‘विशेष चासोका साथ स्वागत’ गरेका छन् । दुई नेताबीच अन्तिम पटक गत जुनमा पेरिसमा भेट भएको थियो । उनिहरूबीच शुक्रबार माल्टामा भूमध्यसागरीय नेताहरूको शिखर सम्मेलनमा पनि भेटवार्ता हुने बताइएको छ ।
आप्रवासनको विषयलाई लिएर मेलोनी र जर्मनीबीच पनि विवाद भएको छ । जर्मनीका राष्ट्रपति फ्रान्क वाल्टर स्टेनमियर पनि नेपोलिटानोको अन्त्येष्टिमा सहभागी भएका थियो । इटालीका प्रधानमन्त्रीले चान्सलर ओलाफ स्कोल्जलाई पत्र लेख्दै बर्लिनले इटालीको समुद्र वा तटमा रहेका आप्रवासीलाई सहयोग गर्न परोपकारी परियोजनाका लागि आर्थिक सहयोग गरेको गुनासो गरेका थिए ।
रोमले मध्य भूमध्यसागरमा उद्धार अभियान सञ्चालन गर्ने गैरसरकारी संस्थाका डुङ्गाहरूलाई उत्तर अफ्रिकाबाट आप्रवासीहरू आउन प्रोत्साहित गरेको आरोप लगाएको छ । इटालीको गृह मन्त्रालयका अनुसार उनीहरू तथाकथित प्रोत्साहनका रूपमा काम नगरेको तथ्याङ्कले देखाउँछ । आप्रबासीहरूको आगमन एनजीओ डुङ्गाहरूको उपस्थितिमा नभइ मौसममा आधारित हुन्छन् र अधिकांश आप्रवासीहरूलाई इटालियाली तटरक्षकद्वारा उद्धार गरिन्छ ।