धरान । नेपालमा केन्ट उत्पादनहरूका लागि आधिकारिक वितरक ई.ओ.एल.ले दशैं, तिहार र छठलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ ।

भारत र नेपालमा पानी शुद्धीकरणका बजारमा ग्राहकवर्गले रुचाएको केन्ट आर.ओ.ले दशैं र तिहारलाई लक्षित गर्दै ‘यो दशैंतिहार, केन्टसँग स्वस्थ र शुद्धता अँगालौँ’ भन्ने नारासहित यो अफर ल्याएको हो ।

त्यस अन्तर्गत केन्टको कुनै पनि आर.ओ.मोडलको खरिदमा सि.जी. ब्रान्डको भ्याकुम फ्लास्क उपहारस्वरूप प्रदान गरिने बताइएको छ । यो ग्राहक योजना भाद्र २८ देखि नेपालभर सीमित अवधिको लागि लागू गरिएको कम्पनीले जनाएको छ ।

केन्टका उत्पादनहरू स्वास्थ्य र स्वच्छताको लागि परिचित छन् । केन्ट ब्राण्डका अन्य वाटर प्युरिफायर, एयर प्युरिफायर, भ्याकुम क्लिनर, कीटाणुनाशक उपकरणहरू÷डिसइन्फेक्टेन्टहरू र स्मार्ट किचन उपकरणहरू पनि सर्वत्र बजारमा उपलब्ध छन् ।