Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
गृहपृष्ठ /समाचार
समाचार

श्रमदान अभियानमा सबैभन्दा बढी विदेशमा रहेकाको सहयोग

ब ब्लाष्ट खबर कार्तिक १, २०८० ४ मिनेट पढाइ ० प्रतिक्रिया
Facebook X WhatsApp Viber
श्रमदान अभियानमा सबैभन्दा बढी विदेशमा रहेकाको सहयोग

खोटाङ रदिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले सञ्चालन गरेको ‘श्रमदान अभियान–२०८०’ मा वडा नम्बर– ११ खार्मीका ९४ जनाले  आर्थिक सहयोग गरेका छन्। आफ्नो क्षेत्रमा निर्माण गरिएका ग्रामीण सडकलाई बाह्रैमहिना सञ्चालनमा ल्याउन ‘होस्टेमा हैसे’ गर्न उनीहरूले २०० देखि रु ३० हजारसम्म सहयोग उपलब्ध गराएका हुन् । 

जिल्लाको उत्तरी क्षेत्र जोड्ने दिक्तेल–खार्मी–बास्पानी–बाक्सिला सडकखण्डको हरेलोडाँडा–खार्मी सडक मर्मतका लागि ६ लाख ६२ हजार ४ सय ४६ सङ्कलन भएको अभियानका संयोजनकर्ता हर्कराज राईले जानकारी दिएका छन्। “जनताले विकास चाहेका छन् । राज्यले प्रर्याप्त बजेट उपलब्ध गराउन सकेको छैन । नगरपालिकाले चलाएको श्रमदान अभियानमा हामीले स्थानीयस्तरबाटै भए पनि जनताको चाहनालाई सम्बोधन गर्ने प्रयास गरेका छौँ”, नेकपा ९एकीकृत समाजवादी० पार्टीका जिल्ला सदस्यसमेत रहनुभएका संयोजनकर्ता राईले भने, “दस दिन सञ्चालन गरिएको श्रमदान अभियानमा खार्मीका जनताले आफ्नो जन्मभूमिप्रति देखाएको मायाँ तथा सद्भावको उच्च सम्मान गर्नैपर्छ। उनीहरूले उपलब्ध गराएको आर्थिक सहयोगले अहिले बाह्रैमहिना यातायात सञ्चालन हुनेगरी सडक मर्मत गर्न सफल भएका छौँ ।”

श्रमदान अभियानमा सबैभन्दा बढी खार्मीमा जन्मिएर वैदेशिक राजगारीको सिलसिलमा विभिन्न देश पुगेका स्थानीय बासिन्दा छन् । साबिक खार्मी गाविस–६ निवासी स्वर्गीय सनतकुमार राईको छोरी सविना राई र ज्वाइँ मोहन राईले हङकङबाट सबैभन्दा बढी रु ३० हजार उपलब्ध गराएका छन् ।

यस्तै साविक खार्मी–५ फूलबिसौनाका भागेश्वर पाख्रिनले जापानबाट २२ हजार पाँच, वडानं–६ का राजकुमार श्रेष्ठले साउदी अरबबाट २० हजार, वडानं–५ का पुष्पकुमार राईले फ्रान्सबाट २० हजार, वडानं–६ का रञ्जित राईले साउदी अरबबाट रु १७ हजार ४७२, सोही वडाका दिपेन्द्र राईले मलेसियाबाट हजार ३३०, वडानं ९ का कटक राई र खबिराज राईले काठमाडौँबाट २०–२० हजार, वडानं– ८ का रुपा उदासले काठमाडौँबाट १५ हजार, वडानं ५ का रञ्जना राईले फ्रान्सबाट रु १४ हजार, ३ सय ३९ वडानं –५ का श्यामकुमार राईले १२ हजार र सोही ठाउँका रेनुका राईले दुवाईबाट ११ हजार तथा वडानं ६ का रोशन श्रेष्ठले दक्षिण कोरियाबाट रु १० हजार ९ सय ९९ र साबिक पाथेका–२ का जगतमणि राईले कतारबाट रु २० हजार,उपलब्ध गराएका छन् ।

 सो अभियानमा अन्य ३१स्थानीय बासिन्दाले रु दस हजारका दरले  सहयोग उपलब्ध गराएको संयोजनकर्ता राईले जानकारी दिएका छन्। आर्थिक सहयोग उपलब्ध गराउनेमा स्थानीय जनप्रतिनिधि, कर्मचारी, व्यापारी र पत्रकारसमेत रहेका छन् ।गत जेठ–१८ गतेदेखि २८ गतेसम्म दस दिन सञ्चालन गरिएको श्रमदान अभियानमा ५ सय भन्दा बढीको सहभागिता रहेको थियो । आफ्नो ठाउँमा सञ्चालन भएको श्रमदान अभियनमा स्थानीय बासिन्दाहरु स्वतःस्फूर्तरुपमा कुटो, कोदालो, बेल्चा, झम्पल, गैँतीलगायत घरेलु औजार लिएर काममा सहभागी भएका थिए । 

श्रमदान अभियानका क्रममा ३६ घनमिटर सडक सोलिङ गरिएको थियो  भने, साढे पाँच किलोमिटर सडकखण्ड ग्राबेल गरिएको थियो । सतचालिस वटा ट्याक्टरबाट  ग्राबेलका लागि आवश्यक रोडा ढुङ्गा खार्मी र नेर्पाको सीमानामा पर्ने बगरेभञ्ज्याङबाट ल्याइएको संयोजनकर्ता राईले जानकारी दिएका छन् ।

श्रमदान अभियानमा सहभागी स्थानीय बासिन्दा आफैले खाना तथा खाजाको पनि व्यवस्था गरेका थिए । नगरपालिकाले सञ्चालन गरेको श्रमदान अभियानमा सहभागी हुन नसक्ने स्थानीय बासिन्दाले सहभागी हुनेहरूका लागि स्थानीयस्तरमा उत्पादन हुने आलु, मकै, दही, मही र जाँडसमेत खाजा  उपलब्ध गराएका थिए । 

यो श्रमदान अभियान प्रभावकारी भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विशन राईले जानकारी दिएका छन् । “देश आर्थिक सङ्कटमा फस्दै गएको छ । सानातिना सबै विकासे कामका लागि नगरपालिकाले बजेट उपलब्ध गराउन सक्ने अवस्था छैन”, उनले भने, “जसरी भएपनि नागरिकलाई सेवा दिनु हाम्रो कर्तव्य हो ।

 नगरभित्रका सबै ग्रामीण सडकहरु वर्षा सुरु हुने बित्तिकै अवरुद्ध हुने गरेका थिर्ए। ती सबै ग्रामीण सडकलाई बाह्रै महिना सञ्चालन गर्नेगरी श्रमदान अभियान सञ्चालन गरिएको हो । यो निरन्तर चलिरहन्छ ।”

श्रमदान अभियानले दसैँतिहार, छटलगायत चाड मनाउनका लागि आवतजावत गर्न सहज भएको छ । हिउँदको समयमा मात्रै सञ्चालन हुँदै आएको दिक्तेल–खार्मी सडक श्रमदान अभियानमार्फत् मर्मत गरेर बाह्रै महिना सञ्चालनमा आउने बनाइएपछि स्थानीय बासिन्दासमेत हर्षित भएका छन्। 

नगरपालिकाको आव्हानमा खार्मीमा सञ्चालन गरिएको श्रमदान अभियानमा आर्थिक सहयोग गर्ने सहयोग दाताको नामावली फ्लेक्समा प्रिन्ट गरेर वडा कार्यालय खार्मी र दुईवटा सार्वजनिकस्थलमा टाँसिएको छ।आगामी दिनमा समेत श्रमदान अभियानलाई निरन्तरता दिने योजना रहेको अर्का संयोजनकर्ता एवम् नेपाली काँग्रेस खोटाङ शाखाका सदस्य श्यामकुमार राईले जानकारी दिएका छन्। श्रमदान अभियानका लागि नगरपालिकाले जेसिबी र प्राविधिक सहयोग उपलब्ध गराएको थियो । यसैगरी खार्मीका वडाध्यक्ष इखबहादुर राईको नेतृत्वमा खार्मी–हुर्लुङ सडक मर्मतका लागि समेत श्रमदान अभियान सञ्चालन भइरहेको छ । 

यो समाचार सेयर गर्नुहोस्
Facebook X WhatsApp Viber
यो पनि पढ्नुहोस्
  • मुख्यमन्त्री केदार कार्कीले पाए विश्वासको मत: पक्षमा ८६, विपक्षमा ५ सांसद
  • मुख्यमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि मत विभाजन प्रक्रिया सुरु
  • बीआरआई फन्डिङमा एक सय अर्ब डलरभन्दा बढीको घोषणा
  • त्रिकोणात्मक टि २० अन्तर्राष्ट्रिय सिरिजमा नेपाल विजयी
  • प्रमुख निर्वाचन आयुक्तसँग युरोपियन युनियनका राजदूतको शिष्टाचार भेट
  • पुटिनसँगको वार्तामा सिद्वारा चीन–रुसबीच गहिरो विश्वास को प्रशंसा
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस् Subscribe

प्रतिक्रिया ०

इमेल सार्वजनिक गरिँदैन। सम्पादकको स्वीकृतिपछि प्रतिक्रिया प्रकाशित हुन्छ। ०/१५००
अहिलेसम्म कुनै प्रतिक्रिया छैन यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

सम्बन्धित समाचार

प्रमुख प्रशासकीय अधिकृतविहीन धरान
असोज १८, २०८३
पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै: अध्यक्ष लिङ्देन
असोज १८, २०८३
कांग्रेसले आफूलाई समयअनुसार रूपान्तरण गरेको छ: डा. भट्टराई
असोज १८, २०८३
छापा संस्करण [ePaper]
  1. प्रमुख प्रशासकीय अधिकृतविहीन धरान
    असोज १८, २०८३
  2. पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै: अध्यक्ष लिङ्देन
    असोज १८, २०८३
  3. कांग्रेसले आफूलाई समयअनुसार रूपान्तरण गरेको छ: डा. भट्टराई
    असोज १८, २०८३
  4. प्रदेशको बजेट कार्यान्वयनमा बराहक्षेत्रको ढिलासुस्ती
    असोज १८, २०८३
  5. दोस्रो धरान सिटी रनिङ कप मंसिरमा
    असोज १८, २०८३
  6. कांग्रेस महाधिवेशनको उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेताहरूको उपस्थिति
    असोज १८, २०८३
  7. सुम्निमा रन सम्पन्न
    असोज १८, २०८३
  8. उद्यमशील सहकारीको नाफा डेढ करोड
    असोज १८, २०८३
  9. वेब सिरिज ‘कोशीका कथाहरू’ फूलपातीदेखि प्रदर्शनमा आउने
    असोज १८, २०८३
  10. मौलिक संस्कृति जोगाउन छिनामखुमा साकेवाथान निर्माण
    असोज १८, २०८३
  11. तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको त्रास
    असोज १८, २०८३
  12. पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित
    असोज १८, २०८३
  13. सुनचाँदीको मूल्य घट्यो
    असोज १८, २०८३
  14. हाजी आँखा अस्पताल भन्छ– ‘सेयरको रकम बुझिसकेपछि पनि ग्यारेन्टी चेक देखाएर दाबी गरियो’
    असोज १८, २०८३
  15. बसाइँसराइले उजाडिएका पहाडी बस्ती
    असोज १८, २०८३
  1. कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
    चैत १२, २०८१
  2. अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
    जेठ २८, २०८०
  3. स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
    असोज ८, २०७३
  4. टिप्पणी: नेताको बोलीको बेटुङ्गो
    मंसिर १०, २०८१
  5. बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
    असार १८, २०८२
  6. हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
    कार्तिक २५, २०८१
  7. नमस्ते भन्ने कि नमस्कार ?
    पुस ७, २०७६
  8. वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
    कार्तिक ४, २०८१
  9. इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
    मंसिर २५, २०७५
  10. एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
    असार ६, २०८२
  11. ‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
    पुस २२, २०८१
  12. टिकटकको नयाँ फिचर्स सेवा सुरु
    वैशाख २२, २०८२
  13. दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
    मंसिर २७, २०८१
  14. धरान राजधानी हुने भो !
    फागुन ५, २०७५
  15. राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
    फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

सार्वधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी

हाम्रोबारे

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

छापा संस्करण पढ्नुहोस्

विधाहरू

  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल

सम्पर्क

ठेगानाधरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल[email protected]
विज्ञापनको लागि सम्पर्क
© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे सम्पर्क छापा संस्करण विज्ञापन युनिकोड