धरान । एनसेल आजियाटा लिमिटेडले चाडपर्वको अवसरमा आफ्ना प्रिपेड तथा पोष्टपेड ग्राहकका लागि रिचार्जमा बोनस अफर ल्याएको छ ।

अफरअन्तर्गत एनसेलका प्रिपेड तथा पोष्टपेड ग्राहकले दुई सय रुपैयाँ वा सोभन्दा बढीको रिचार्जमा डेटा बोनस प्राप्त गर्नेछन् । यो योजना कात्तिक १ देखि १५ सम्म सञ्चालनमा रहने जनाइएको छ ।

ग्राहकले रिचार्ज गरेको रकमको आधारमा २ हजार एमबीदेखि ८ हजार एमबीसम्म बोनस डेटा प्राप्त गर्नेछन् । २ सयदेखि ४ सय ९९ सम्म ब्यालेन्स रिचार्ज गर्ने ग्राहकले ४ सय एमबी अल टाइम डेटा र बेलुका ११ बजेदेखि बेलुका ६ बजे सम्म (१९ घण्टा) प्रयोग गर्न सकिने १६ सय एमबी डेटा बोनस स्वरूप प्राप्त गर्नेछन् ।

त्यस्तै ५ सयभन्दा बढी ब्यालेन्स रिचार्ज गर्ने ग्राहकले २४ सय एमबी अलटाइम डेटा बेलुका ११ बजेदेखि बेलुका ६ बजेसम्म (१९ घण्टा) प्रयोग गर्न सकिने ५६ सय एमबी डेटा बोनस स्वरूप प्राप्त गर्नेछन् । बोनस स्वरूप प्राप्त डेटा भोलुम २ दिनको लागि मान्य रहनेछ ।