धरान/दिवंगत पत्रकार लम्जेल संघर्षशीलको पत्रकारिता, साहित्य र शैक्षिक योगदानका बारेमा सुनसरीका पत्रकार र पेशाकर्मीले परिचर्चा गरेका छन् ।
आज ८ ओैं पूण्य स्मृति दिवसका दिन जिल्लाका पत्रकार, राजनीतिक दलका नेता, कवि, साहित्यकार र शैक्षिक क्षेत्रका अगुवाले पत्रकार लम्जेलको आत्माको चीर शान्तिको कामनासहित शोक सन्तप्त परिवारजनमा संवेदना व्यक्त गर्दै उनको
योगदानका बारेमा परिचर्चा गरेका हुन् । धरानले एक होनहार पत्रकार गुमाएको वक्ताहरुले बताएका थिए । दिवंगत पत्रकार लम्जेलले समाजलाई दिएको योगदानका कारण सदैव जीवित रहने बताउँदै उपस्थित वक्ताले शोकाकूल परिवारलाई सान्त्वना प्रकट गरेका थिए ।
समाज परिवर्तन गर्ने उदेश्य लिएर २०५५ सालदेखि पत्रकारितालाई पेशा बनाएर काम गरेका लम्जेलले समाजमा हुने जातीय भेदभाव, अपहेलनाका मुद्दामा कलम चलाए । समाचार लेखेकै कारण जेल जीवनसमेत उनले भोग्नुपरेको थियो ।
शोक स्मृतिमा प्रदेश साम्संद यशोदा कायस्थ, धरान उपमहानगरपालिका उप प्रमुख आईन्द्र विक्रम वेघा, पत्रकार माहासंघका सुनसरीका अध्यक्ष जनक ऋषि राई, अमर खड्का ,भिषण राई, प्रेस चौतारी नेपालकी अध्यक्ष शुभ्रद्रा प्याखुरेल, नेवा पत्रकार राष्ट्रिय दवु सुनसरीका अध्यक्ष मोहन श्रेष्ठ, जनता समाजवादी पार्टी (जसपा) नगर अध्यक्ष ताजुव लिम्बू लगाएत विभिन्न राजनीति दलका प्रतिनिधि र पत्रकारमाहासंघका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
पत्रकार माहासंघका केन्द्रीय सदस्य अमर खडकाले समाजलाई सबल बनाउन राजयको चौथो अङ भनेर भने पनि समाज र राज्यको लागि निरन्तर लागि पर्ने समाजलाई सुशासन बनाउने समाजमा हुने गरेको दबाब उत्पिडालाई उजागर गर्ने पत्रकारको लागि राज्यले केही सोच्नु पर्ने आफ्नो अंङ खराव भएपनि समाज र राज्यको अंङलाई अबल बनाउन अहोरात्र खट्ने लम्जेल बाट सिक्ने धेरै कुराहरु रहेको बताए उनले भौगोलिक रुपले हामी माझ नरहेपनि समाजमा एक परिवर्तनशिल पत्रकारको नाम राखेर उदाहरणीय पत्रकार बनेको बताए । उनलेपत्रकार माहासंघ सदै अप्ठ्यारो परिस्थितिमा उपस्थित हुने र लम्जेलका प्रकाशन हुन वाकिरहेका पुस्तक प्रकाशन गर्न सहयोग गर्ने बताए ।
धरानलाई कार्यथलो बनाएर काम गरिरहेका प्रबोध साप्ताहिका सम्पादक लम्जेल सङ्घर्षशीलको गत कार्तिक ६ गते उपचारका क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको थियो ।