विजयपुर (ब्लाष्ट) एनसेलले कर्णाली प्रदेश सरकारलाई ५० लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ । 

भूकम्प प्रभावित जिल्ला ग्राहकलाई ४० लाख रुपैयाँ बराबरको निःशुल्क सेवा दिने भएको छ । एनसेल आजियाटा लिमिटेडले विज्ञप्ति जारी शुक्रबार मध्यरातमा गएको भूकम्पबाट पीडितको उद्धार, उपचार र राहतमा तत्काल सहयोग गर्न कर्णाली प्रदेश सरकारलाई ५० लाख रुपैयाँ दिने निर्णय गरेको जनाएको छ ।

भूकम्प प्रभावित क्षेत्रका ग्राहकले १५ दिनसम्म देशका अन्य नेटवर्क र विदेशमा कल गर्न, डेटा र एसएमएस सेवा रहेका छन् । जाजरकोट केन्द्रबिन्दु बनाएर शुक्रबार राति ६ दशमलव ४ म्याग्नेच्युडको भूकम्प गएको थियो ।