नेकपा (माओवादी केन्द्र) ले जाजरकोट भूकम्पपीडितका लागि ५० लाख राहत रकम सहयोग गरेको छ। माओवादी केन्द्रका उपाध्यक्ष पम्फा भुसालले आज प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सँग भेट गरी उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका छन् । 

सो अवसरमा माओवादी नेताहरूले भूकम्प प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनामा सरकारले निर्वाह गरेको भूमिकाप्रति धन्यवाद दिँदै राहत र पुनःस्थापनालाई प्रभावकारी बनाउन ध्यानाकर्षण गएका छन् ।यसैबीच, सूर्य नेपाल प्रालिले भूकम्प प्रभावितको राहतका लागि रु एक करोडको चेक हस्तान्तरण गरेको छ ।