संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मातहतका निकायबाट भूकम्पीडितका लागि सहयोग जुटाएको छ। मन्त्रलयले आज प्रधामन्त्री रहत कोषमा  चार करोड १३ लाख ९८ हजार नौ सय ८८ सङ्कलन भएको रकम जम्मा गरेको छ । 

मन्त्रालय मातहतका विभिन्न निकायबाट जम्मा भएको रकम आज पर्यटनमन्त्री सुदन किरातीले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई हस्तान्तरण गरेको मन्त्रालयले जनाएको छ । सहयोग रकम जम्मा गर्नेहरुमा नेपाल नागरिक उड्डयन प्राधिकरणले एक करोड, नेपाल वायुसेवा निगमले पच्चीस लाख, पर्यटन बोर्डले ५० लाख, पशुपति क्षेत्र विकास कोषबाट २१ लाख २१ हजार दुई सय ११ रुपैया सहयोग गरेको छ।

नेपाल पर्वतारोहण संघले ३१ लाख ११ हजार एक सय ११, एयर डाइनेष्टिी हेलिकप्टरबाट ११ लाख ११ हजार एक सय ११ रुपैया, कैलाश हेलिकप्टरले १० लाख सहयो गरेको छ ।त्यस्तै क्यासिनो मोजाङले ५ लाख, क्यासिनो मोजाङ नेपालगञ्ज  ५० लाख, डेल्टिन क्यासिनो काठमाडौँले ५ लाख, क्यासिनो वेलिज काठमाडौँले ५ लाख, क्यासिनो प्राइड काठमाडौँले ५ लाख, क्यासिनो प्यालेस काठमाडाँैले ५ लाख, क्यासिनो प्यालेस झापाले  ५ लाख पर्यटन मन्त्रालयमा जम्मा गरेका छन् ।