सङ्खुवासभाको सदरमुकाम अस्पतालमा रगत अभाव भएको छ । अस्पतालमा रगत अभाव भएपछि बिरामी मर्कामा परेका छन् ।
जिल्लामा रगत अभाव भएपछि प्रेस सेन्टर र प्रेस युनियन सङ्खुवासभाले आज सदरमुकाममा संयुक्त रक्तदान आयोजना गरेका हुन् । रगत अभावपछि रक्तदान गर्न नेपाल रेडक्रस सोसाइटी सङ्खुवासभाले रक्तदान गर्न अनुरोध गरेको थियो । सङ्खुवासभामा एक सरकारीसहित आधा दर्जन अस्पताल सञ्चालनमा छन् ।
चाडपर्वका कारण जिल्लामा रगत अभाव भएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदान गर्न विभिन्न सङ्घ संस्थासँग अनुरोध गरेको थियो । दसैँ, तिहार र छठजस्ता चाडपर्वको समयमा रगत अभाव भएकाले रक्तदानका लागि अनुरोध गरिएको नेपाल नेपाल रेडक्रस सोसाइटी सङ्खुवासभाकी कर्मचारी लक्ष्मी कार्कीले बताएमा छन्। यसअघि रगत अभाव नभए पनि चाडपर्वमा बजारमा रगत अभाव भएको उनको भनाइ छ ।