विजयपुर । नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन सङ्खुवासभा जिल्लाको अध्यक्षमा सृजन राईको अध्यक्षतामा अधिवेशन आयोजक समिति गठन भएको छ ।

सोमबार सम्पन्न जिल्ला भेलाले राईको अध्यक्षतामा १७ सदस्यीय चौथौ जिल्ला अधिवेशन आयोजक कमिटी गठन गरेको हो । तीन महिनाभित्र अधिवेशन गर्ने गरी गठित कमिटीको उपाध्यक्षमा कुशकुमार श्रेष्ठ, सचिव रोहित कार्की, सह–सचिव, सुरेश राई, कोषाध्यक्ष प्रवीण ढकाल चयन भएका छन् । समितिको सदस्यहरूमा रमेश खत्री,  डुपछिरिङ भोटे, राज श्रेष्ठ, समिर मोक्तान चयन भएका छन् । यस्तै अन्य सदस्यहरूमा फुर्वुनाम्जा भोटे, विवेक श्रेष्ठ, सान्डुक शेर्पा, फुर्वु भोटे, गोपाल श्रेष्ठ, युवराज ताम्राकार, पदमबहादुर कट्वाल र रिन्जिन भोटे रहेका छन् ।

भेलाका प्रमुख अतिथि सङ्गठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले प्रशासन कार्यालयले सरोकारवालाहरूसँग छलफल र परामर्श नगरी सार्वजनिक सवारीसाधनको भाडा समायोजका नाममा यातायात व्यवसायी र मजदुरहरूलाई असर पार्ने निर्णय गरेकोमा विरोध जनाए ।