धरान । मोरङको कानेपोखरी गाउँपालिका–३ हरकपुरमा आइतबार सम्पन्न प्रथम भेट्रान फुटबल प्रतियोगिताको उपाधि रमाइलोको स्वतन्त्र भेट्रान फुटबल क्लबले उचालेको छ । 

IMG-20240616-WA0033

स्थानीय नवप्रतिभा युवा क्लब र पथरीशनिश्चरेस्थित साहारा भेट्रान क्लबको आयोजनामा सम्पन्न फाइनलमा स्वतन्त्रले आयोजक साहारालाई २–० गोलले हराएको छ । जितमा विक्रम धिमाल र मानवीर तामाङले गोल गरे । 

IMG-20240616-WA0023

उपाधि विजेता स्वतन्त्रले नगद ३० हजार रुपैयाँसहित ट्रफी पाएको आयोजक क्लबमध्ये नवप्रतिभा युवा क्लबका अध्यक्ष जयराज लिम्बूले जानकारी दिए । त्यस्तै उपविजेता साहाराले नगद २० हजार रुपैयाँसहित ट्रफी पाएको छ । 

IMG-20240616-WA0016

विजेता टिमहरूलाई कार्यक्रमकी प्रमुख अतिथि कानेपोखरी गाउँपालिकाकी प्रमुख राजमती इङ्नाम, नवप्रतिभाका अध्यक्ष जयराज लिम्बू र साहाराका अध्यक्ष काजी बस्नेतले पुरस्कार वितरण गरे । 

प्रतियोगितामा पाँच गोल गरेका स्वतन्त्रका मानवीर तामाङ सर्वाधिक गोलकर्ता घोषित हुँदा सर्वोत्कृष्ट खेलाडी साहारा भेट्रानका अजेन तुम्बापो र फाइनल खेलको म्यान अफ दी म्याच विक्रम धिमाल घोषित भए । प्रतियोगिता पूर्व च्याब्रुङ (केलाङ) नृत्य, गायन तथा नृत्य प्रस्तुत गरिएको थियो ।

IMG-20240616-WA0027

यस्तै अण्डर १४ बीच पनि प्रतिस्पर्धा गरिएको थियो भने बेलबारी र पथरीशनिश्चरेको केचनाको महिला टिमबीच मैत्रीपूर्ण खेल भएको थियो । मैत्रीपूर्ण खेलमा केचनाले बेलबारीलाई २–० गोलले हराएको थियो ।