धरान । प्रथम वराह एसईई फुटबल कपको उपाधि धरानको नेपाल पुलिस स्कुलले जितेको छ । 

वराहक्षेत्र नगरपालिका ५ को सिद्धार्थ मेमोरियल इङ्लिस स्कुललाई टाइब्रेकरमा ४–१ गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो । वराहक्षेत्र नगरपालिका ३ को स्काई फुटबल एकेडेमीको आयोजनामा शनिबार सम्पन्न प्रतियोगितामा पुलिसले नगद ३० हजार रुपैयाँसहित ट्रफी पाएको छ । उपविजेता बनेको सिद्धार्थले नगद १५ हजार रुपैयाँसहित ट्रफी पाएको छ । 

खेलमा निर्धारित समयसम्म दुवैतर्फबाट गोलरहित बराबरीमा रोकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । प्रतियोगिता विजेता टिम र उपविजेता टिमलाई कार्यक्रमका प्रमुख अतिथि वराहक्षेत्र ३ का वडाध्इक्ष राजदीप लामा, एकेडेमीका संयोजक सुमन कार्कीलगायतले पुरस्कार वितरण गरेका थिए ।

एकेडेमीका सल्लाहकार सरण लिम्बूले माध्यामिक शिक्षा परीक्षा (एसईई) दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै खेल आयोजना गरिएको बताए । प्रतियोगिता गत जेठ १० गतेदेखि यही असार १ गतेसम्म सञ्चालन भएको कार्यक्रम सञ्चालिका एन्जिला कार्कीले जानकारी दिइन् ।