गुरुङ फिल्म एसाेसिएसन हङकङ (जिफाह) काे आठौं वार्षिकोत्सब भव्य रुपमा सम्पन्न भएकाे छ ।

आईतबार हङकङको जाेर्डन स्थित याक एन्ड यति रेष्टुरेन्टमा कलाकारलाई सम्मान, मनाेरञ्जनात्मक कार्यक्रम सहित वार्षिकोत्सब सम्पन्न भएकाे हाे । जिफाहकी अध्यक्ष माया गुरुङकाे अध्यक्षता र प्रमुख सल्लाहकार दिलिपसिंह गुरुङकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा गुरुङ भाषा संस्कृतिकमा आधारित चलचित्र ङै माया क्याेलाई (मेराे माया तिमीलाई) का कलाकार तथा निर्माताहरुलाई सम्मान गरिएकाे छ ।

IMG_20240708_135008

नेपालबाट चलचित्र प्रदर्शनका लागि हङकङ आएका निर्माता/अभिनेता तथा गुरुङ  फिल्म एसाेसिएसन नेपालका पुर्व द्वितीय उपाध्यक्ष सुवेदार जसबहादुर गुरुङ अर्का निर्माता तथा अभिनेता गाैतम गुरुङ, नायक कुशल गुरुङ, नायिका एलिजा गुरुङ र नायिका तथा लाेक गायिका पुजा गुरुङलाई सम्मान गरिएकाे छ ।

त्यस्तै पर्वत मञ्च हङकङकाे कार्य समिति सदस्य पुर्ण गुरुङ, हङकङ सरकारकाे ईथ्निक माईनाेरिटिज कमिटि सदस्यमा नियुक्त काेमल गुरुङ र रीता गुरुङलाई पनि फेटा बाँधेर सम्मान गरिएकाे थियाे ।

IMG_20240708_135046

साे अवसरमा सांस्कृतिक तथा मनाेरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरिएकाे थियाे । कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु सहभागी थिए ।