गुरुङ संस्कृतिमा आधारित चलचित्र रिपाको हङकङ भब्य प्रदर्शन भएको छ। 

प्रितम गुरुङद्वारा निर्देशित रिपा हङकङका नेपाली दर्शकले मन पराएका छन् ।

शनिबार हङकङको जोर्डन स्थित ब्लु ओसियन रेस्टुरेन्टमा औपचारिक कार्यक्रम सहित रिपा प्रदर्शन गरिएको हो ।

रोधीं डिजिटल प्रालिका सञ्चालक तथा रिपाका निर्देशक, कलाकार प्रितम गुरुङको सभाध्यक्षता र गुरुङ फिल्म एसोसिएसन हङकङकी अध्यक्ष माया गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा रिपाका कलाकारहरुको समेत उपस्थिति रहेको थियो ।

gurung film (2)

कार्यक्रमका विशेष अतिथिहरु तमू ट्हो ह्युल हङकङका उपाध्य क्ष कविता गुरुङ, तमु प्ये ल्हु संघका अध्यक्ष मनबहादुर गुरुङ र तमु समाज हङकङका उपाध्यक्ष काजी गुरुङले रिपाको सफलताको शुभकामना व्यक्त गरेको कार्यक्रममा मुख्य प्रायोजक राम गुरुङ, सहप्रयोजक हर्क गुरुङ लगायतलाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा भोगेन्द्र गुरुङले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

रिपामा आनन गुरुङ, सिमा गुरुङ, सन्तोषी गुरुङ, तलिसा गुरुङ, इना गुरुङ, माओत्से गुरुङ लगायतको अभिनय रहेको छ। रोधी डिजिटलको निर्माणमा बनेको चलचित्र रिपालाई खेम थापा मगरले खिचेका हुन भने मेख बहादुर थापाले सम्पादन गरेका छन्।