विजयपुर । धरानमा जारी ‘तेस्रो धरान मेयर कप स्कुल ओलम्पिक सेपाकताक्रो प्रतियोगितामा लिगामेन्ट स्कुल विजयी भएको छ ।
शुक्रबार धरान–१८ स्थित डिपोट स्कुलमा आयोजित प्रतियोगिताको फाइनल खेलमा लिगामेन्ट स्कुलले प्रभात स्कुललाई सोझो सेटमा पराजित गर्दै स्वर्ण पदकसहित उपाधि जितेको हो ।
फाइनल खेलमा लिगामेन्ट स्कुलले पहिलो सेट १७–१५ र दोस्रो सेट १५–१२ ले आफ्नो पक्षमा पार्दै विजयी भएको हो । प्रभात स्कुल उपविजेता बनेको छ । प्रतियोगितामा पुलिस स्कुल र ज्वालामुखी स्कुलले तेस्रो स्थान हासिल गरी कांस्य पदक जितेका छन् । प्रतियोगितामा धरानका १२ वटा विद्यालयको सहभागिता रहेको थियो । धरान उपमहानगरपालिकाको संयोजनमा तथा धरान खेलकुद मञ्चको आयोजनामा प्रतियोगिता भइरहेको छ ।