विजयपुर । सुनसरीको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रिक्त रहेको शिक्षाध्यक्ष, रजिस्ट्रार र अस्पताल निर्देशक पदका लागि आवेदन दिएका उम्मेदवारमध्ये संक्षिप्त सूची सार्वजनिक गरेको छ।
प्रतिष्ठानको पदाधिकारी छनोट तथा सिफारिस समितिले पदाधिकारी छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८३ अनुसार योग्य उम्मेदवारको संक्षिप्त सूची सार्वजनिक गरेको हो। छनोटमा परेका उम्मेदवारहरूको प्रस्तुतीकरण तथा अन्तर्वार्ता भदौ १० गते हुने जनाइएको छ।
शिक्षाध्यक्ष पदका लागि प्रा. डा. काजीराम अधिकारी, प्रा. डा. कृष्ण पोखरेल, प्रा. डा. रविन मास्के र प्रा. डा. शिवेन्द्र झा संक्षिप्त सूचीमा परेका छन्।
त्यस्तै, रजिस्ट्रार पदका लागि डा. अरुण कुमार सिंह, प्रा. डा. अशोक कुमार झा, धरणीधर बराल, प्रा. डा. शमशेर श्रेष्ठ र सागर कुमार ताम्राकार छनोट भएका छन्।
अस्पताल निर्देशक पदका लागि प्रा. डा. अशोक कुमार यादव, डा. इन्द्र कुमार लिम्बू, डा. मधुर बस्नेत, डा. शहराज अहमद खान र डा. विम्मी सिंह संक्षिप्त सूचीमा परेका छन्।
तीन पदका लागि छनोट भएका उम्मेदवारको प्रस्तुतीकरण तथा अन्तर्वार्तापछि समितिले सिफारिस गर्ने र सोही आधारमा प्रतिष्ठानका पदाधिकारी नियुक्त हुने प्रक्रिया अघि बढ्नेछ।