धरान/धरानमा एक युवाको घाटी रेटेर हत्या गरेको छ । हालसम्म पहिचान खुल्न नसकेको करिव १८–१९ वर्षको युवाको हत्या भएको हो । [caption id="attachment_22208" align="alignnone" width="960"]hatya तस्बिरः भाेजराज श्रेष्ठ[/caption] हत्याको कारण हालसम्म खुल्न सकेको छैन् । सुरुमा घाटी रेटेर त्यसपछि ढुङ्गा प्रहरी गरी हत्या गरेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्रप्रसाद खतिवडाले बताए । घटनास्थल धरान–१५ को चुम्लुङहिम परिषरको पूर्वपट्टी हो । घटना के कसरी घट्यो भन्ने यकिन हुन नसके पनि उक्त युवा लागूऔषधको कुलतमा फसेको र छेउछाउमा डेन्ड्राइटसमेत रहेकाले लागूऔषध प्रयोगकर्ता हुन सक्ने डिएसपी खतिवडाले बताए । प्रहरीका अनुसार घटना ३ देखि ४ बजेको आसपासमा भएको देखिन्छ । घटना स्थलमा उक्त युवाको आलो रगत रहेकाले घटना त्यही आसपासमा भएको डिएसपी खतिवडाले बताए । त्यत्रो घटना भए पनि नजिकै घर रहेकाहरुले भने केही थाहा नपाएको पाइएको छ । हालसम्म नजिकै रहेका घरवालाहरुले केही बोलेका छैनन् । शवको पोष्टमार्टमको लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ । प्रहरीले प्रारम्भिक अनुसन्धान सुरु गरेको छ ।