
धरान /संघिय गठबन्धनले आह्वान गरेको नेपाल बन्दका कारण आज पुर्बि नेपालको जनजीबन प्रभाबित भएको छ । बन्दका कारण पुर्वका अधिकाशं शहरहरु बन्द भएका छन् ।
यातायातका साधनहरु पुर्णरुपमा ठप्प भएका छन् भने बजार पसलहरु खुल्न सकेका छैनन ।
बन्दका कारण धरान बजारपनि बन्द भएको छ ।
सडक तथा बजार तथा चौकहरुमा बसेका गठबन्धनका कार्यकर्ताहरुले शुक्रबार बिहानैबाट सवारी साधन चल्न दिएका छैनन । सप्तरीमा भएको घटनाको बिरोधमा गठबन्धनले बन्दको आह्वान गरेको हो । इटहरी संबाददाता बाबुराम सुबेदीका अनुसार इटहरी बजारपनि पुर्ण रुपमा बन्द भएको छ । बजार पसलहरु पुर्ण रुपमा बन्द भएका छन । निजी सवारी साधनहरु फाट्ट फुट्ट चलेपनि सार्बजनिक यातायातका साधनहरु चल्न सकेका छैनन । यातायातका साधन नचल्दा गन्तब्यमा हिडेका यात्रुहरु बिच बाटोमै अलपत्र परेका छन् । धनकुटा समाचारदाता सन्तबिर लामाका अनुसार पुर्वी पहाडि जिल्लाहरुपनि बन्दको प्रभाबमा परेका छन् । बन्दका कारण पहाडि जिल्लामा कुनैपनि यातायातका साधनहरु चल्न सकेका छैनन । तर धनकुटामा भने अहिले सम्म बन्दकर्ताहरु सडकमा देखिएका छैनन् ।