फिल्म ‘लुट २’ र ‘कालो पोथी’ पाइरेसीको शिकार भएका छन् । 'वाच मुभी अनलाइन' फेसबुक पेजबाट ‘लुट २’ र ‘कालो पोथी’ पाइरेसी भएका हुन् । पाइरेसीको खबर सर्वत्र फैलिएपछि ‘लुट २’ फेसबुक पेजबाट हटाइएको छ तर ‘कालो पोथी’ भने अझै हजारौ दर्शकहरुले हेरिरहेका छन् ।
यी दुवै फिल्म युट्युबमा आएका छैनन् । ‘लुट २’ विदेशका विभिन्न ठाउँहरुमा प्रदर्शन हुन बाँकी छ भने ‘कालो पोथी’ अझैपनि अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलहरुमा प्रदर्शन भैरहेको छ । 'लुट' निर्देशक निश्चल बस्नेतले फिल्म पाइरेसी गर्ने व्यक्ति पक्राउ परेको र कारबाही गरिने बताए ।
‘लुट २’
यसअघि 'ड्रिम्स', 'प्रेमगीत', 'छक्का पन्जा', 'पशुपति प्रसाद', 'कबड्डी कबड्डी', 'कोहिनूर' लगायतका फिल्म पनि पाइरेसीको शिकार भएका थिए । 'छक्का पञ्जा' पाइरेसी गर्ने व्यक्ति कृष्ण सुवेदीले आत्महत्या नै गरेका थिए । नेपालका अधिकांश प्रतिक्षीत फिल्महरु पाइरेसी हुँदै आएको रिपोर्ट छ ।