कृष्ण विदुखी
तेह्रथुम / तेह्रथुमको लालीगुरास नगरपालिका ७ दागपाको एक घरमा केहीवेर अघि आगलागी हुुदा खड्ग वहादुर निरौलाको घर जलेको छ । विहान ८: ३० वजे घरमा आगो सल्कीएको हो । आगलागीमा परी घरमा रहेको अन्नपात, लत्ताकपडा, भाडावर्तन, काठपात लगायतका समान जलेको छिमेकी सोभीत वहादुर थापाले वताए । छिमेकी र स्थानीयको सहयोगमा अहिले आगो निभाउने काम भैरहेको थापाले वताउनु भयो । आगलागीको कारण खुल्न सकेको छैन् । आगलागीबाट करीव १५ लाख रुपैंया वरावरको क्ष्ँती भएको छ ।
आगलागीबाट १५ लाखको क्षति
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































