अर्जुन जम्नेली,
काठमाडौं / युवाहरुलाई रोजगारी दिनुको सट्टा विदेश पलायन गराउन राज्य उद्धत भएको ठहर गर्दै युवाहरुलाई नेपालमै रोजगारीको ब्याबस्था गर्न राज्यलाई दबाब दिने उदेश्यले छ दिनदेखि १२ जना युवाहरुले खुल्ला मञ्चमा आमरण अनसन बसिरहेका छन् ।
केही नखाइ अनसनमा बसेका युवा युवतीहरुको स्वास्थ्य अवस्था कमजोर हुदै गएको त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत अनन्त राईले बताए । अनसन बस्नेहरुमा अनुशा राई, जिबिता आचार्य, लक्ष्मी स्याङ्तन, मञ्जु गौतम, अजित झा, दावा शेर्पा, निरज पुन, भरत लामिछाने, महेश नेपाल, रियल पौडेल, ज्ञानदिप बिष्ट र चन्द्रबहादुर थापा रहेका छन् । अनसनमा बस्ने अधिकांस युवाहरु स्नातकोत्तर अध्ययनरत छन् ।
‘रोगजारी र संबृद्धिको लागि आर्थिक क्रान्तिको अभियान’ भन्ने मूल नाराको साथ अनसन बसेका युवायुतिहरुले नेपालमै रोजगारी सिर्जनाा गर्नुको सटो लाखौ युवाहरुलाई मजदूरीको लागि विदेश पठाउन उद्धत रहेको भन्दै आलोचना गरिएको छ । अनसन बसेको स्थानमा ‘सरकार ! युवा बेच्ने कहिलेसम्म ?’ प्रस्न गरिएको छ ।
रोजगारीको अधिकार माग गर्दै पाँचदिनदेखिको अनसनले युवाहरुको स्वास्थ्य अबस्था झनझन कमजोर हुदै गएपनि सरकारी पक्षले ध्यान नदिएको किरात राई विद्यार्थी संघ त्रिवि इलाका समिति अध्यक्ष अनन्त राईले बताए । अनसन बस्ने मध्ये अनुशा राई संघ त्रिवि इलाका समिति सचिव हुन् । सनसन बस्ने युवाहरुलाई भेट्न विभिन्न संघ, संस्थाका प्रतिनिधिहरु आएपनि सरकारी पक्षले ध्यान नदिएको कारण युवाहरुको स्वास्थ्य अवस्था कमजोरहुदै गएको छ । १४ गते विहानदेखि उनीहरु अनसनमा बस्दै आएका हुन् ।