indexविसं २०७३ साल वैशाख २८ गते। मंगलबार। इश्वी सन् २०१६ मे १० तारिख। नेपाल संवत् ११३६ बछलाथ्व। वैशाख शुक्लपक्ष। तिथि– चतुर्थी, १७१८ बजेउप्रान्त पञ्चमी।

पं.ज्यो. घनश्याम सिग्देल

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ) प्रतिष्ठामा वृद्धि हुने छ । चौतर्फी प्रशंसा हुने छ । बन्धुबान्धवजनबाट सहयोग मिल्ने छ । लक्ष्मी प्राप्तिको योग छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) शैक्षिक क्षेत्रमा सुधार हुने छ । व्यापार–व्यवसायमा नाफा हुने छ । बोलीवचनमा सुधार गर्नु पर्ने देखिन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) नयाँ कामको थालनी गर्नुभएकोमा भाग्यले साथ दिने छ । खानपान समारोहमा सहभागी बन्नुहुने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अनुत्पादक क्षेत्रमा लगानी हुने छ । अनावश्यक खर्चको बोझ थपिने छ । आर्थिक सङ्कट आइपर्ने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) घरमा माङ्गलिक कार्य हुने छन् । नयाँ पाहुनाको आगमनले मनमा सन्तोष रहने छ । व्यापार व्यवसायमा वृद्धि हुने छ

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) शरीर स्वस्थ्य रहने छ । विशिष्ट व्यक्तिबाट सहयोग र समर्थन मिल्ने छ । व्यवसायमा सोचेको लाभ मिल्ने छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)सामाजिक कार्यमा लाग्नुहुने छ र राज्यबाट सम्मान–सहयोग मिल्ने छ । यात्रा रमाइलो अर्थपूर्ण रहने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) यात्रामा कष्ट हुने छ । चोटपटक लाग्न सक्छ । धनमाल चोरी हुने सम्भावना छ । आर्थिक सङ्कट आईपर्ला

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)परिवारका सदस्यको स्वास्थ्यमा सुधार आउने छ । मनमा खुशी छाउने छ । प्रेम प्रसङ्गमा सुधार आउने छ

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) स्वास्थ्यमा सुधार आउने छ । शत्रुनाश हुने छन् । मुद्दामामिलामा विजयी बन्नुहुने छ । आफन्तको सहयोग मिल्ने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) पुत्रबाट सुख मिल्ने छ । व्यापार–व्यवसायमा सामान्य लाभ मिल्ने छ । शैक्षिक क्षेत्रमा ठूलो प्रगति हुने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) पाचन प्रणालीमा समस्या देखिने छ । घरमा सामान्य मनमुटाव रहने छ । थालेका काम अधुरै छाड्नुपर्ने छ ।