वि.सं. २०७३ साल वैशाख २९ गते। बुधबार। इश्वी सन् २०१६ मे ११ तारिख। नेपाल संवत् ११३६ बछलाथ्व। वैशाख शुक्लपक्ष। तिथि– पञ्चमी, १६:०३ बजेउप्रान्त षष्ठी।
पं.ज्यो. घनश्याम सिग्देल
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ) शरीर स्वस्थ रहनेछ । धन, वस्त्र प्राप्ति हुनेछ । आय आर्जनको नयाँ स्रोत मिल्नेछ । धेरैको सहयोग, समर्थन मिल्नेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) अधुरा काम बन्नेछन् । मनमा उत्साह बढ्नेछ । आयश्रोत वृद्धि हुनेछ । आफन्तजनमा हानी नोक्सानी हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) दिन मनोरञ्जपूर्ण रहनेछ । सामाजिक कार्यमा सहभागी बन्नु हुनेछ । उपहार, पुरस्कार प्राप्त हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) शरीर अस्वस्थ रहनेछ । अनावश्यक वादविवादमा फस्नु हुनेछ । मनमा अशान्ति बढ्नेछ । धनहानीको योग छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) खानपान समारोहमा सहयोगी बन्नु हुनेछ । गर–गहना वस्त्र उपहार मिल्नेछन् । धन आर्जनको योग छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) भूमि, वाहनको सुख मिल्नेछ । मान्यजनबाट सहयोग मिल्नेछ । नोकरी र राजनीतितर्प ठूलो सफलता मिल्नेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) पारिवारिक सुख मिल्नेछ । मनमा हर्ष र उत्साह बढ्नेछ । नयाँ कामको थालनी गर्नु हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) खराब भोजनका कारण स्वास्थ्य बिग्रनेछ । खराब संगतले गर्दा प्रतिष्ठामा आँच आउनेछ । दिन असुविधाको छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) भूमि, वाहनको कारोबारमा सफलता मिल्नेछ । राजनीति र नोकरीतर्पm सन्तोष मिल्नेछ । व्यापारमा प्रगति हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) उद्योग व्यवसायमा सफलता मिल्नेछ ।
राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ । गृह सुखको योग छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) अधुरा काम बन्नेछन् । प्रतिस्पर्धी परास्त
हुनेछन् । माङ्गलीक कार्यमा सहभागी बन्नु हुनेछ । आयआर्जन यथावत रहनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) कुसमयको खानपानले गर्दा शरीर अस्वस्थ रहनेछ । पैतृक सम्पत्तिको विवादले ठूलै रुप लेला । आर्थिक उन्नति देखिँदैन ।