पं.ज्यो.   घनश्याम  सिग्देल

वि.सं.२०७३ साindexल वैशाख ३१ गते। शुक्रबार। इश्वी सन् २०१६ मे १३ तारिख। नेपाल संवत् ११३६ बछलाथ्व। वैशाख शुक्लपक्ष। तिथि– सप्तमी, १४.५३ बजेउप्रान्त अष्टमी।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ) कार्य व्यस्ताका कारण खानपानको बेठेगान
हुनेछ । राति धेरै बेर जागा रहनाले शरीर आलस्य रहनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) मान सम्मान मिल्नेछ । नयाँ कामको थालनी हुनेछ । व्यापार व्यवसायमा प्रशस्त नाफा हुनेछ । लक्ष्मी प्राप्तिको योग छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)  विशिष्ट व्यक्तिको सहयोग मिल्नेछ । नयाँ योजना सुरु हुनेछ । मनमा हर्ष बढ्नेछ । आयआर्जनमा वृद्धि हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मान सम्मान र धनलाभको योग छ । राज्यबाट पुरस्कृत बन्नु हुनेछ । व्यापार व्यवसायमा प्रशस्त नाफा हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सहयोगीले साथ छोड्नाले व्यवसाय सञ्चालनमा कठिनाइ हुनेछ । व्यापार व्यवसायमा खासै नाफा हुने छैन ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) नयाँ स्थानमा नयाँ कामको थालनी हुनेछ । नोकरीमा पदोन्नति हुनेछ । उद्योगधन्दामा प्रगति हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) पैतृक सम्पत्ति मिल्नेछ । मान्यजनबाट सहयोग मिल्नेछ । नोकरी र राजनीतिमा सन्तोष मिल्ने योग रहेको छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मित्रजनको सहयोग मिल्नेछ । परिवारमा केही झन्झट झमेला पर्नेछ । आयआर्जन यथावत रहनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) झैझगडामा फस्नुहोला । आर्थिक सङ्कट आउनेछ । आफन्तबाट असहयोग हुनेछ । खर्च बढी हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) प्रेम बढ्नेछ । आफन्तका सहयोगले नयाँ योजना सञ्चालन हुनेछन् । सुख प्राप्ति हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)  शरीर अस्वस्थ्य रहनेछ । व्यापार व्यवसाय सामान्य लाभ मिल्नेछ । राजनीति र नोकरीमा सन्तोष मिल्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) सन्तान वा अनुयायीहरुबाट सुखद् समाचार सुन्न मिल्नेछ । मनमा हर्ष बढ्नेछ । साथीभाइसँग रमाइलो गर्ने अवसर मिल्नेछ ।