वि.सं. २०७३ साल जेठ ३ गते। सोमबार। इश्वी सन् २०१६ मे १६ तारिख। नेपाल संवत् ११३६ बछलाथ्व। वैशाख शुक्लपक्ष। तिथि– दशमी, १६स्५३ बजेउप्रान्त एकादशी।

पं.ज्यो.   घनश्याम  सिindexग्देल

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ) सामाजिक कार्यमा धेरै समय बित्नेछ । मान– सम्मान मिल्नेछ । सुखद समाचारले मन प्रसन्न रहनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) खानपानका कारण स्वास्थमा समस्या हुनेछ । पैतृक सम्पत्तिमा विवाद रहनेछ । आफन्तबाट सहयोग हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)  यात्रा रमाईलो रहनेछ । भाइबन्धुबाट सहयोग मिल्नेछ । वैदेशिक क्षेत्रबाट ठूलो सहयोग मिल्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)  सानै प्रयासले ठूलो काम बन्नेछ । अधुरा योजनाहरुमा पूर्ण सफलता मिल्नेछ । कृषि व्यवसायमा पदोन्नति हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मान–सम्मान मिल्नेछ । नोकरीमा पदोन्नति
हुनेछ । समाजले सम्मान गर्नेछ । तपाईका विचारको धेरैले प्रशंसा गर्नेछन् ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) आफन्तसँग मनमुटाव बढ्नेछ । आँखामा सामान्य समास्या हुनेछ । आर्थिक सङ्कटले सताउनेछ ।तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) नयाँ नोकरी मिल्नेछ । राजनीतितर्पm  महत्वपूर्ण पद प्राप्त हुनेछ । धेरैको सहयोग र समर्थन मिल्ने योग छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) पदोन्नतिको योग छ । राज्यले सम्मान गर्नेछ । सामाजिक क्षेत्रमा प्रतिष्ठा वृद्धि हुने कार्य सम्पादन गर्नु हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) सामाजिक परोपकारजन्य कार्यमा लाग्नु हुनेछ । प्रतिष्ठा वृद्धि हुनेछ । यात्रा मनोरञ्जनपूर्ण रहनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) अपच, अरुचीका कारण शरीर अस्वस्थ रहनेछ । यात्रा झन्झटिलोपूर्ण रहनेछ । व्यापार व्यवसायमा नाफा देखिँदैन ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) सामाजिक परोपकारजन्य कार्यमा सहभागी बन्नु हुनेछ । मान–सम्मान प्राप्तिको योग  । धेरैको सहयोग, समर्थन मिल्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) अनावश्यक विवादमा पर्नु हुनेछ । खर्च धेरै हुनाले मनमा अशान्ति बढ्नेछ । शरीर अस्वस्थ रहनेछ ।