वि.सं. २०७३ साल जेठ ४ गते। मंगलबार। इश्वी सन् २०१६ मे १७ तारिख। शकसंवत् १९३८। नेपाल संवत् ११३६ बछलाथ्व। वैशाख शुक्लपक्ष। तिथि– एकादशी, १८.२६ बजेउप्रान्त द्वादशी।
पं.ज्यो. घनश्याम सिग्देल
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)आफन्तसँग मनमुटाव हुनेछ । मुद्दा–मामिलामा फस्नु होला । व्यापार सामान्य रहनेछ । शरीर अस्वस्थ रहनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) पठनपाठनमा रुचि बढ्नेछ । बौद्धिक विकास हुनेछ । सन्तान वा अनुयायीको सफलतामा खुशी रहनु हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) खानपान र शयनमा केही असुविधा हुनेछन् । व्यवसायमा सामान्य नोक्सानी हुनेछ । मनमा अशान्ति बढ्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) शरीर स्वस्थ रहनेछ । नयाँ उद्योग व्यवसायको थालनी हुनेछ । साथी सहयोगीले ठूलो सहयोग गर्नेछन् ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) विद्या र बुद्धिको विकास हुनेछ । तपाईका विचारलाई धेरैले समर्थन गर्नेछन् । आय आर्जनको नयाँ स्रोत मिल्नेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) मान–सम्मान वृद्धि हुनेछ । पदोन्नतिको योग छ । समाजमा सम्मानित हुनुहुनेछ । व्यापार व्यवसायमा प्रशस्त नाफा हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) मान–प्रतिष्ठामा आँच आउन सक्नेछ । अनावश्यक खर्च बढ्नेछ । स्वास्थ्यमा समस्या देखिनेछ । व्यवसाय घाटामा चल्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आफन्तसँग भेटघाट हुनेछ । व्यापार व्यवसायमा धेरैले समर्थन गर्नेछन् । आयश्रोत वृद्धि हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) अधुरा योजनाहरु पूरा हुनेछन् । सोचेको काम बन्नेछ । विशिष्ठ व्यक्तिको सहयोग मिल्नेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) भाग्योदयको योग छ । नयाँ नोकरी मिल्न सक्छ । सरकारबाट मान–सम्मान मिल्नेछ । व्यापार व्यवसाय वृद्धि हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) अयोग्य भोजनका कारण शरीर अस्वस्थ रहनेछ । शत्रु , चोर र विषालु जनावरको भय रहनेछ । आर्थिक सङ्कट पर्न सक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) सुख सयलको योग रहेको छ । समाजमा ख्याती वृद्धि हुनेछ । व्यापार व्यवसाय वृद्धि हुनेछ । लक्ष्मी प्राप्तिको योग छ ।