विसं.२०७३ साल जेठ ५ गते। बुधबार। इश्वी सन् २०१६ मे १८ तारिख। शकसंवत् १९३८। नेपाल संवत् ११३६ बछलाथ्व। वैशाख शुक्लपक्ष। तिथि– द्वादशी, २०.१८ बजेउप्रान्त त्रयोदशी।
पं.ज्यो. घनश्याम सिग्देल
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ) झुटो आरोपको सामना गर्नुपर्ला । अनावश्यक विवादमा पर्नुहुने छ । आफन्तकै कारण काममा आवरोध आउने छ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) पारिवारिक मेलमिलाप बढ्ने छ । सुखद् समाचारले मन प्रसन्न रहने छ । व्यापार–व्यवसायमा प्रगति हुने छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) खानपानका कारण पेटमा समस्या हुने छ । घरपरिवारमा मनमुटाव बढ्ने छ । व्यापार–व्यवसाय घाटामा चल्ने छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मानसम्मान मिल्ने ेछ । शरीरमा शक्ति र फुर्ती बढ्ने छ । अधुरा योजनाहरुमा सफलता मिल्ने छ । यात्रा रमाइलो होला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) बोलीको प्रभाव बढ्ने छ । विशिष्ट व्यक्तिबाट सहयोग मिल्ने छ । बोलीकै भरमा ठूल्ठूला काम बन्ने छन् ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) मिष्ठान्न भोजन मिल्ने छ । सामाजिक कार्यमा लाग्नुहुने छ । धेरैको सहयोग र समर्थन मिल्ने छ । स्वास्थ्यमा सुधार आउने छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)यात्रा झण्झटिलो रहने छ । मुद्दामामलामा हार व्यहोर्नुपर्ने छ । आफन्तकै असहयोगले व्यवसायमा धेरै समस्या देखिने छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) राज्यले सम्मान गर्ने छ । विशिष्ट पद प्राप्तिको योग छ । राजनीतिक क्षेत्रमा ठूलो सफलता मिल्ने छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) पैत्रिक सम्पत्ति पाउनुहुने छ । भूमि, वाहनको कारोबारमा प्रशस्त नाफा हुने छ । मान्यजनबाट आदर मिल्ने छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) धर्मकर्ममा मन लाग्ने छ । यात्रा रमाइलो बन्ने छ । आफन्तसँगको भेटघाटले मन प्रसन्न हुनेछ । आयस्रोतमा वृद्धि हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) आफन्तकै अवरोधका कारण योजना अधुरै रहनेछन् । यात्रामा सवारी साधनले धोका दिनेछ । व्यवसाय घाटामा चल्ने छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) सवारी साधनको सुख मिल्ने छ । आफन्तको सहयोगबाट महत्वपूर्ण योजना बन्ने छ । आयआर्जनको नयाँ स्रोत मिल्नेछ ।