श्री शालिवाहनीय शाके १९३८ वि.सं २०७३ साल ने.सं. ११३६ श्रावण १५ गते शनिबार ३० जुलाई २०१६ सौम्य नाम सम्वत्सर दक्षिणायनं वर्षा ऋतु श्रावण कृष्ण पक्षको एकादशी तिथि ८/१४ बजे सम्म उप्रान्त द्वादशी नक्षत्र रोहिणी ५/४८ बजे सम्म उप्रान्त मृगशिरा चन्द्रमा राशी वृष सूर्योदय ५/२७ सूर्यास्त ६/५२ मा हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ):समय मध्यम खालको छ । स्वास्थ्यमा केही समस्या आइपर्न सक्छ । चोटपटक तथा दुर्घटनाको भय छ, संयमित रहनु होला । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): पठन–पाठनमा खर्च खासै मन जाने देखिंदैन । साथीभाइ तथा पारिवारिक व्यक्तिहरुसँग घुमफिर गर्ने अवसर प्राप्त होला । मन प्रफुल्ल रहला । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह): मनमा सन्त्रा,ि व्यर्थैको झैं झगडा, व्यापार व्यवसायमा विघ्नबाधा आइपर्न सक्छ । संयमित रहनु होला । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :परिवारबाट उचित सल्लाह, सुझाव प्राप्त होला । व्यापार–व्यवसायमा सफलता प्राप्त होला । नयाँ कार्यको शुभारम्भ हुनेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):समय उत्तम खालको छ । राजनैतिक क्षेत्रमा सोचेभन्दा राम्रो सफलता मिल्ला । मित्रजनहरुबाट उचित सहयोग मिल्ला । कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो):समय मध्यम खालको छ । सोचे अनुसारको काम नबन्ने मनमा अशान्ति छाउला । घरपरिवारबाट अलगिएर बस्नु पर्ला तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते):समय सामान्य खालको छ । कृषिजन्य व्यवसायमा गिरावट आउला । गरिराखेको कार्य व्यवसायबाट मन अन्यत्रै मोडिन सक्छ । वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):यात्राको लागि उपयुक्त समय मान्न सकिन्छ । पुराना साथीभाइहरुसित रमाइलो भेटघाट हुनेछ । मन आनन्दित रहला । धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे):पठन–पाठन तथा लेखन कार्यमा सफलता मिल्ला कुनै धार्मिक कार्यक्रममा संलग्न भइएला । मिष्ठान्न भोजन प्राप्त होला । मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि):भाग्य वृद्धि हुँदै जानेछ । इष्टमित्रको माया सद्भाव प्राप्त भइरहला । वैदेशिक यात्राको सुवर्ण अवसर प्राप्त होला । कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द): जग्गा जमिनको कारोबारले अर्थिक सन्तुलन मजबुत बन्ला । परिवारमा कुनै धार्मिक कार्यको आयोजना होला । विशेष कार्यक्रममा संलग्न भइएला । मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): समय उत्तम खालको छ । यात्राको लागि उपयुक्त समय मान्न सकिन्छ । भातृ पक्षको सहयोगमा काम गर्दा विशेष लाभ मिल्ला ।