श्री शालिवाहनीय शाके १९३८ वि.सं २०७३ साल ने.सं. ११३६ श्रावण १७ गते सोमबार १ अगष्ट २०१६ सौम्य नाम सम्वत्सर दक्षिणायनं वर्षा ऋतु श्रावण कृष्ण पक्षको चतुर्दशी तिथि २७/८ बजेसम्म उप्रान्त आंैशी नक्षत्र पुनर्वशु २६/५९ बजेसम्म उप्रान्त तिष्य चन्द्रमा राशी मिथुन सूर्योदय ५/२८ सूर्यास्त ६/५१ मा हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ):समय मध्यम खालको छ । पेटसम्बन्धी समस्या आइपर्ने छ । नगरेका कामको अपजस आइलाग्ला र कुनै अशुभ समाचार सुन्नु पर्ला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): वस्त्र तथा गरगहना लाभ हुनेछन् । भूमि, वाहनको शुभ मिल्नेछ । अध्ययन–अध्यापनमा सफलता प्राप्त होला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह): सामाजिक मान बढ्नेछ । तीर्थयात्रा तथा वैदेशिक क्षेत्रको यात्रा होला । दाम्पत्य जीवन सुखमय बन्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :समय सामान्य खालको छ । पारिवारिक स्वास्थ्यका क्षेत्रमा ठूलै धनराशी खर्चिनुपर्ने छ । मानसिक तनाव बढ्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):आर्थिक उन्नति हुने प्रबल सम्भावना छ । जग्गा जमिन तथा वाहन प्राप्त होला । सरकारी जागिरको प्रबल सम्भावना रहेको छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो):समय मध्यम खालको छ । पेट तथा छातीमा समस्या आइपर्न सक्छ । साझेदारबीचको सम्बन्ध आर्थिक कारणले बिग्रिनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते):पठनपाठनको क्षेत्र सबल र सक्षम रहनेछ । नोकरी तथा सामाजिक काममा मान–सम्मान मिल्ला । छोटो यात्राको अवसर मिल्ला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):समय सामान्य खालको छ । दाम्पत्य जीवनमा विश्वासको सङ्कट देखा पर्नेछ । धार्मिक कार्यमा संलग्न भइएला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे):समय राम्रो छ । आर्थिक उन्नतिमा नयाँ अवसरहरु मिल्नेछन् । जग्गा–जमिनको कारोबारबाट उचित लाभ प्राप्त होला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि):आर्थिक उन्नतिको अवसर प्राप्त होला । बोलीको प्रभाव बढ्नेछ । आफन्तहरुबाट सहयोग मिल्नुका साथै नयाँ कार्यको शुभारम्भ होला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द): पशु व्यवसाय र कृषि क्षेत्र खासै लाभदायक छैन । आर्थिक कारोबारमा समस्या
आइपर्ला । आफन्तहरुबाटै धोका हुन सक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): धार्मिक यात्राको लागि उपयुक्त समय मान्न सकिन्छ । मिष्ठान्न भोजनको अवसर प्राप्त होला । रमाइलो वातावरणमा समय बित्ला ।