श्री शालिवाहनीय शाके १९३८ वि.सं २०७३ साल ने.सं. ११३६ श्रावण १८ गते मंगलबार २ अगष्ट २०१६ सौम्य नाम सम्वत्सर दक्षिणायनं वर्षा ऋतु श्रावण कृष्ण पक्षको आंैशी तिथि २६÷१२ बजेसम्म उप्रान्त प्रतिप्रदा नक्षत्र तिष्य २६÷४८ बजेसम्म उप्रान्त अश्लेषा चन्द्रमा राशि कर्कट सूर्योदय ५÷२८ सूर्यास्त ६÷५० मा हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ) समय मध्यम खालको छ । परिवारमा कुनै धार्मिक कार्यक्रमको आयोजना बन्ला । यात्राको लागि उपयुक्त समय मान्न सकिन्छ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) समय उत्तम खालको छ । वेदैशिक क्षेत्रमा कामहरु सहजै बन्नेछन् । साथीभाइको राम्रो सहयोग मिल्ला मित्र मिलनको योग छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) पशुपालन तथा कृषि क्षेत्रबाट प्रशस्त लाभ मिल्ला । नयाँ कामको शुभारम्भ होला । पुराना साथीभाइहरुसित रमाइलो भेटघाट होला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) समय राम्रो छ । आर्थिक तथा सामाजिक कार्यक्रममा संलग्न भइएला । नोकरीमा पदोन्नती होला । समाजमा विशिष्ट व्यक्तिहरु सिट भेटघाट होला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आर्थिक पक्ष शुभ रहनेछ । व्यापार व्यवसायमा सोचेभन्दा राम्रो उपलब्धि प्राप्त होला । मिष्ठान्न भोजन प्राप्त होला । कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) समय सामान्य खालको छ । पारिवारिक समस्याले निकै सताउला । स्वास्थ्यमा समस्या आइपर्न सक्छ । धनराशि राम्रै खर्च होला । तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) समय उत्तम खालको छ । मुद्दा–मामिलामा विजय प्राप्त होला । शत्रुहरु आफ्नो शरणमा आउनेछन् । रमाइलो यात्रा होला । वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) समय सामान्य खालको छ । साझेदारी काममा विवाद उत्पन्न हुन सक्छ । अनावश्यक झमेलाले व्यापारिक क्षेत्र कमजोर रहला । धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) समय राम्रो छ । धार्मिक तथा सामाजिक कार्यक्रममा संलग्न भइएला । सन्तान सुखको योग छ । मन प्रसन्न रहला । मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) राम्रा चिजहरु हात लाग्नेछन् । कार्यमा सफलता मिल्ला । शिक्षाक्षेत्रमा विशेष मान सम्मान प्राप्त होला । कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) पारिवारिक सुख प्राप्त होला । जग्गा जमिनको काममा सफलता मिल्ला । दिनको उत्तरार्धमा केही अशुभ समाचार प्राप्त होला । मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) नयाँ कार्य गर्नमा मन जानेछ । सोचेभन्दा राम्रो आयआर्जन होला । समाजका गण्यमण्य व्यक्तिहरुसित रमाइलो भेटघाट होला ।