मधेशी मोर्चा सरकारमा सहभागी नहुने
धरान / संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले अहिलेको सरकारमा जानको लागि शर्तै सर्त अघि सारेको छ ।
उनीहरुको पहिलो शर्तमा संविधान संसोधनको प्रस्ताव व्यवस्थापिका संसदमा दर्ता हुनु पर्ने माग छ । त्यो नभएसम्म प्रचण्ड नेतृत्वको सरकारमा नजाने बताएको हो । प्रधानमन्त्रीको निर्वाचनमासमेत शर्त राख्दै मतदान दिएको मोर्चाले तत्काल सरकारमा नजाने पक्षमा रहेको बताएको छ । मोर्चाको आज बैठकसमेत बसेको थियो ।
मोर्चामा आवद्ध दल संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, तमलोपा अध्यक्ष महन्थ ठाकुर, सद्भावना अध्यक्ष राजेन्द्र महतो र रामसपाका अध्यक्ष शरदसिंह भण्डारीले सरकारमा आफूहरु नआउने प्रष्ट पारे ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































