विर्तामोड / नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा प्रदेश नम्बर १ इञ्चार्ज राम कार्कीले सात दशकपछि प्राप्त भएको संविधान कार्यान्वयन र भुकम्पपीडितलाई पुनःस्थापना गर्नु नै आफूहरुको मुख्य जिम्मेवारी भएको बताएका छन् ।
नेकपा माओवादी केन्द्र झापाको शनिबार बिर्तामोडमा भएको एकता भेलालाई सम्बोधन गर्दै उनले सरकार पुनस्र्थापन कार्यलाई प्राथमिकतामा काम गर्ने बताएका हुन् । ‘प्रचण्ड प्रधानमन्त्री भएकै दिनबाट दिन गन्ती शुरु भयो भनेर टिका टिप्पणी हुन थालेको छ, उनले भने, ‘यसलाई कुनै आश्चर्य मान्नु पर्दैन ।’ माओवादी नेतृत्वको सरकारले संविधान कार्यन्वयन सँगै आन्दोलनरत दलहरुको मागलाई सम्बोधन गरी अघि बढ्ने कार्कीको भनाई छ ।
उनले मधेशी, महिला तथा दलित पछि परेको भन्दै माओवादीले उनीहरुको मागलाई समेटेर अघि बढ्ने बताए । राजनीतिमा स्थायी शत्रु कोही पनि नहुने बताएका उनले काग्रेस सँगको सहकार्यबाट देशले निकास पाउने दावी गरे । कार्कीले मन्त्रीमण्डल विस्तारमा काँग्रेसले मन्त्रीहरुको नाम नपठाउदाँ केही ढिलो भएको प्रतिक्रिया दिए ।
नेता कार्की केही दिन भित्रै पार्टीको केन्द्रीय समितिलाई मापदण्ड बनाएर सीमित गरिने बताए । ‘कुनै वेला पार्टीमा डेढसय केन्द्रीय सदस्य हुँदा पनि ३५ जनामा सीमित बनाइएको इतिहास छ, उनले भने ‘ यो हेर्दा मात्रै असहज भए पनि यसको चाँडै समाधान हुन्छ ।
'संविधान कार्यान्वयन र भूकम्पपीडितलाई पुनःस्थापना मुख्य जिम्मेवारी’
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































