आजको राशिफल
वि.सं. २०७३ साल भदौ १२ गते। आइतबार। इश्वी सन् २०१६ अगस्ट २८ तारिख। नेपाल संवत् ११३६ गुँलागा। भाद्र कृष्णपक्ष। तिथि– एकादशी, १६:३३ बजेउप्रान्त द्वादशी।
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
आफ्नो श्रमबाट अरूले फाइदा उठाउन सक्छन्। नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुहोला। सहयोगको आशा देखाउनेहरूबाट धोका हुन सक्छ। स्वास्थ्य कमजोर रहनाले काममा जुट्न नसकिएला। तापनि रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। व्यावसायिक काममा मेहनतको फल प्राप्त हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ।।
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
बोलीको गलत अर्थ लाग्ने र मान–सम्मानमा पनि आघात पुग्ने सम्भावना छ, सचेत रहनुहोस्। विचार सम्प्रेषण गर्न केही समय पर्खनु बुद्धिमानी हुनेछ। तापनि, सहयोगीहरूले काममा साथ दिनेछन्। बिस्तारै फाइदा उठ्ने योग छ। विगतमा सम्पादित कामबाट धन लाभ हुनेछ। पठन–पाठनमा बिस्तारै प्रगति हुनेछ। अनावश्यक वादविवादमा परिने समय छ, सचेत रहनुहोला।
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
सुन्दर पहिरनमा रमाउँदै व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। मनग्य धन आर्जन हुनेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। पहिलेका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ।
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
आकस्मिक समस्याले खर्च गराउला। सरसापटमा पनि धन बाहिरिन सक्छ। नहुने काममा बलजफ्ती गर्दा थप समस्या उत्पन्न हुनेछ। फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन्। अधैर्य व्यवहारले नोक्सानी दिलाउन सक्छ। अप्ठ्यारो समयमा साथ दिनेहरू कमै भेटिएलान्। सद्विचारले अभिप्रेरित हुनेहरूलाई भने फाइदै हुनेछ। प्रयत्न गर्दा विदेश जाने प्रक्रिया अघि बढ्न सक्छ
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
मनग्य धन तथा भौतिक वस्तु लाभ हुने समय छ। आयआर्जनका स्रोत बढ्नेछन् भने दैनिक काममा पनि राम्रै फाइदा हुनेछ। चिताएको काम बन्नाले प्रसन्नता मिल्नेछ। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। व्यापार तथा साझेदारीमा पनि फाइदा हुनेछ। आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन्। दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ।
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। मेहनतले विशेष स्थान दिलाउन सक्छ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर जुट्नेछ। नाम, दाम र इनाम हातलागी हुनेछ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। नोकरी तथा व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला। रुचिका विषयमा लगानी बढाउने अवसर प्राप्त हुनेछ।
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
अवसर प्राप्त भए पनि ठूलो उपलब्धि हातलागी नहुने देखिन्छ। ईर्ष्या गर्नेहरूले दु:ख दिनेछन् भने कामको गतिमा कमी आउने सम्भावना छ। कमजोरीले सताउनेछ भने समयमा लक्ष्य प्राप्त गर्न नसकिएला। अरूका जिम्मेवारीसमेत वहन गर्नुपर्ने अवस्था आउन सक्छ। आशा देखाउनेहरूबाटै धोका पाइएला। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला आइलाग्न सक्छ। (नेपाली पात्रो)
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
स्वास्थ्य प्रतिकूल रहे पनि हिम्मतले काम लिनुका साथै भैपरी आउने समस्या सुल्झाउन सकिनेछ। परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराए पनि प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ। गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला। आस मारेको कामले उत्साह जगाउनेछ। तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन्।
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
सुन्दर पहिरनमा ठाँटिएर अरूको मन लोभ्याउन सकिनेछ। एकपछि अर्को अवसर प्राप्त हुनाले मन प्रसन्न रहनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। अतिथिको रूपमा सत्कार पाइनेछ। मनग्य धनलाभ हुनेछ। आफन्त र साथीभाइबाट सहयोग तथा हौसला मिल्नेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ। मनपर्ने भौतिक साधन जोड्ने समय छ।
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। हिम्मतले काम बनाउन सकिनेछ। प्रतिस्पर्धीहरूलाई पछि पार्ने समय छ। ईर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ। प्रयत्न गर्दा अप्ठ्यारा काम पनि सम्पादन हुन सक्छन्। उपलब्धिले थप उत्साह जगाउनेछ। पहिले दुश्मनी गर्नेहरूले पनि मित्रताका हात अघि बढाउन सक्छन्।
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
ईर्ष्यालु मन भएकाहरूले सताउन सक्छन्। स्वास्थ्य पनि कमजोर बन्न सक्छ। आफ्ना कमजोरीको फाइदा अरूले उठाउने कोसिस गर्नेछन्। मौका मिले पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। भौतिक साधन बिग्रनाले लक्ष्य प्राप्त गर्न नसकिएला। समयको मागअनुसार चल्न नसक्दा पछि परिनेछ। आश्वासन बाँड्नेहरूबाट सजग रहनुहोला।
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
परिस्थिति विचार नगरी काम गर्दा मेहनत खेर जानेछ। पुरानो गतिले पनि काम बिग्रन सक्छ। बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ। साथीभाइ टाढिन सक्छन्। पहिलेका सम्झौता तोड्नुपर्ने आवश्यकता पर्ला। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ। कृषि, पशुधन र अचल सम्पत्तिको उपयोगबाट लाभ उठाउन सकिनेछ। (नेपाली पात्रोबाट)