तरहरा / नेकपा एमालेले प्रदेश नम्बर–१ स्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ । शुक्रबारबाट दुई दिने प्रदेश स्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रम आयोजना गरिने विहिवार पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।
प्रेस चौतारी नेपाल सुनसरी जिल्ला कार्य समितीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रदेश नम्बर–१ संयोजक भीम आचार्यले पार्टीको आगामी कार्य रणनिति तथा कार्यक्रमका विषयमा कार्यकर्ताहरुलाई प्रशिक्षण गराईने जानकारी दिए ।
प्रशिक्षणको पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने संयोजक आचार्यले जानकारी दिए । कार्यक्रमलाई पार्टी अध्यक्ष केपी ओली , बरिष्ठ नेताहरु माधव नेपाल, झलनाथ खनाललगायतले प्रशिक्षण दिने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
प्रशिक्षण कार्यक्रममा विशेष गरी प्रदेशको सम्बृद्धि र विकासका लागि गर्नु पर्ने काम र खाकाका विषयमा पनि छलफल गरिने बताइएको छ । पार्टी केन्द्रीय कमिटिले थालेको ३ महिने अभियानलाई गाँउ गाँउसम्म पु¥याउन भेला गरिएको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।
सम्बृद्धि र विकासको विषयमा राष्ट्रिय योजना आयोगका पूर्व अध्यक्ष डा. युवराज खतिवडाले प्रशिक्षण दिने बताइएको छ । त्यसको लागी सम्पूर्ण तयारी पुरा भईसकेको आचार्यले जानकारी दिए । भेलाको संयोजन जिल्ला कमिटि सुनसरीले गरेको छ ।