धरान /आमरण अनसनको आठौं दिन डा.गोविन्द केसीको स्वास्थ्य बिग्रिरुदै गएको छ । एकदिन अघि केसीको मुटुको चाल कम हुने समस्या देखिएको थियो । उनको उपचारको लागि सोमबार भेन्टिलेटर र डिसि सक मेसिन तम्तयार अवस्थामा राखिएको छ । त्रिवि शिक्षण अस्पताल आइसियुका क्लिनिकल कोअर्डिनेटर डा.सुवास आचार्यले जानकारी दिए । चिकित्सकका अनुसार रगतमा अक्सिजनको स्तर ९० भन्दा माथि हुनु पर्नेमा डा.केसीमा ७० सम्म झरेको देखिएको छ । केसीलाई रिंगटा लाग्ने समस्या देखिएको छ । उनको पिसाबमा एसिटोन देखिइ सकेको पनि चिकित्सकहरुले बताएका छन् । उनलाई मांसपेशी र छाती दुख्ने समस्यासमेत देखिए पछि तग शुक्रबारदेखी नै उनलाई अक्सिजन दिइएको छ । यता डा.गोविन्द केसीको अनसनको समर्थनमा शिक्षण अस्पतालका रेजिडेन्ट चिकित्सकहरुले मंगलबारदेखि इमर्जेन्सी र शल्यक्रियाबाहेकका कुनै पनि पठनपाठनको कार्यमा सहभागि नहुने बताए ।