धरान/सोह्र वर्षपछि पुनरागमन भएको आरम्भ नाट्य डबलीले नयाँ पुस्ता तयार गर्न आइतबारबाट नाट्य कार्यशाला थालेको छ । कार्यशालामा १६ जना प्रशिक्षार्थी सहभागी छन् । आरम्भको सभाहलमा १५ दिनसम्म कार्यशाला चल्ने छ । आधारभूत नाट्य अभिनय कार्यशालामा नाटकका तत्व, अभिनय कला र प्रस्तुतिकरणबारे जानकारी गराइने अध्यक्ष गोपाल देवानले बताए । aaramva प्रशिक्षार्थीहरुमा रहेको सुसुप्त कला तथा प्रतिभालाई प्रस्पूmटन गर्ने उद्देश्यले कार्यशाला राखिएको उनले बताए । नयाँ पुस्ता जन्माउँदै रङ्गकर्म क्षेत्रमा धरानले केन्द्रमा छाडेको छापलाई पुनर्जागृत गराउने उनले बताए । उनले कला क्षेत्रमा लाग्नु भनेको बौद्धिक सम्पत्तिसमेत निर्माण गर्नु रहेकाले प्रशिक्षार्थीहरुले गम्भीर भएर ध्यानका साथ कार्यशालामा समर्पित हुन आग्रह गरे । उद्घाटन कार्यक्रममा नाट्यकर्मी महासङ्घका महासचिव राजेन्द्र रिमालले धरानको रङ्गमञ्चले कुनै बेला नेपालकै रङ्गमञ्चमा पकड राख्ने गरेको बताउँदै कार्यशालामा सहभागीहरुले त्यो स्तरमा पुग्नका लागि मेहनत गर्नुपर्ने बताए । तर, आपूm कहाँसम्म जाने हो त्यो कार्यशालाकै क्रममा निश्चित गर्नसमेत आवश्यक रहेको उनले बताए । कार्यक्रममा भाषाविद् प्रा. डा. टङ्क न्यौपानेले सुस्ताएको धरानको रङ्गकर्मलाई आरम्भले पुनर्जागरण गराएको बताए । यसलाई निरन्तरता दिन नयाँ पुस्तामा हस्तान्तरण आवश्यक रहेको बेला गरिएको यो कार्यशाला निक्कै फलदायी हुने भन्दै सहभागीहरुले पनि त्यही अनुरुप अघि बढ्न सुझाव दिए । उनले ज्ञान आत्मकेन्द्रित हुने तर कला सार्वभौमिक हुने भएकाले यसले आपूmलाई मात्रै हैन, देशलाई समेत चिनाउने बताए ।कार्यक्रममा मण्डला थिएटरका सोमनाथ खनालले पूर्वाञ्चलको धरान नाट्य कर्मको उर्वर भूमि रहेको बताउँदै यसलाई जीवित राख्न भइरहेको कार्यको खुलेर प्रशंसा गरे । उनी अहिले नाटक लिएर पूर्वाञ्चल दौडाहामा छन् । सहभागीहरुलाई रङ्गकर्मी निर्देशकसमेत रहेका गोपाल देवान, कलाकार विक्रम श्रि, प्रवीण राई र सुवर्ण पलिखेले प्रशिक्षण दिनेछन् । कार्यशाला कात्तिक १४ गते समापन हुनेछ ।