[caption id="attachment_19568" align="alignleft" width="960"]15078914_1433897209955490_7031116395488521493_n तस्विर: भीम राइ ज्वालाकाे फेसबुकबाट[/caption]

विराटनगर / टूेड युनियन महासंघ जिफन्टका केन्द्रीय अध्यक्ष विष्णु रिजालले मजदुरहरुको हित विपरित कुनैपनि हालतमा औद्योगिक व्यवसाय ऐन लागु हुन नदिने बताएका छन् । विराटनगरमा आज सम्पन्न नेपाल टूेड युनियन महासंघ जिफन्ट एक नम्बर प्रदेश स्तरिय कार्यकर्ता भेलालाइ सम्बोधन गर्दे रिजालले यस्तो बताएका हुन । कार्यक्रममा बोल्दै उनले लामो समय देखि आफुहरुले माग गर्दै आएको श्रम एनको संसोधन र सामाजिक सुरक्षा एन लागु नहुदा श्रमिकहरु मर्कामा परेको बताए । श्रमिकको अधिकार स्थापित गराउने ऐन कार्यान्वयनमा आलटाल गर्ने तर चोरबाटोबाट उद्योगी व्यवसायीहरुको मात्रै हित हुने खालको औद्योगीक व्यवसायी ऐन लागु भए आन्दोलनमा उत्रने चेतावनी दिए । अध्यक्ष रिजालले ‘नो वर्क नो पे’ को नाममा गलत हल्ला फैलाउने प्रयास भएकोे आरोप लगाउनु भयो । कामदार मजदुरहरुले गैरकानुनी ढंगबाट काम नै नगरी आन्दोलन गरेको अबस्थामा पैसा15094436_1433897786622099_1201094107827483628_n नपाउनु स्वभाविक भएपनि काम गरिरहेको अवस्थामा बिदा लिदा पारिश्रमिक नपाउने कुरा सरासर गलत हुने उनको भनाई थियो । कार्यकर्ता भेलाममा प्रदेश नम्बर १ का सबै क्षेत्रबाट जिफन्टमा आबद्ध जिल्ला अध्यक्षहरुको उपस्थीती रहेको बताइएको छ । कार्यक्रममा मजदुृर आन्दोलनमा योगदान पुर्याउने कित्यानन्द यादव, बेलकुमारी थापामगर र ज्ञानबहादुर थापा खत्रीलाइ सम्मान समेत गरिएको थियो । मजदुरहरुको समस्या र अहिले मजदुरको सन्दर्भमा उठेका बिषयहरुको बारेमा छलफल गर्नको लागि भेला आएको प्रदेश नम्बर १ का सचिव किशोर धमलाले जानकारी दिए ।