शनिश्चरे/झापाको दमकमा दमक रनले शनिबार आयोजना गरेको मिनी म्याराथनमा विभिन्न समूहका एक हजारभन्दा बढी मानिस एकसाथ दौडिएका छन् ।पूर्वाञ्चलस्तरीय १० किलोमिटर दूरीको प्रतियोगितामा १८ वर्षभन्दा माथिको समूहबाट नेपाल आर्मीका हरिकुमार रिमाल र होमलाल श्रेष्ठ प्रथम र दोस्रो भएर क्रमशः ५० हजार र २५ हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।
भूमिराज राई तेस्रो भएर १० हजार रुपैयाँ पुरस्कार हात पारे ।खुला महिलातर्पm नेपाली सेनाकी सानुमाया कार्की प्रथम भएर नगद २० हजार प्राप्त गरेकी छन् । दोस्रो भएकी सन्तोषी श्रेष्ठले १५ हजार र तेस्रो भएकी कृष्णकुमारी सेन्कलाले १० हजार नगद पुरस्कार हात पारिन् । ४० वर्षमाथिका पुरुषतर्पm धर्म महर्जन पहिलो, राम केशम दोस्रो र बुद्धवीर लामा तेस्रो भए ।७ देखि १२ वर्षको महिला समूहतर्पmबाट प्रमिला विक पहिलो, दीया श्रेष्ठ दोस्रो र नीशा ढकाल तेस्रो तथा १३ देखि १७ वर्ष उमेर समूहबाट रीता सन्थाल पहिलोे, गीता आचार्य दोस्रो र मनिसा राई तेस्रो बनिन् ।
१३ देखि १७ वर्ष उमेरको पुरुष समूहबाट धीरज राई पहिलो, मेघराज दोस्रो र कविन्द्र राई तेस्रो भए । पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ५ हजार, ३ हजार र २ हजार नगद पुरस्कार हात पारेका छन् । नेपाल खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्ट, नेपाललाई पहिलो स्वर्ण पदक दिने धावक बैकुण्ठ मानन्धर, जिल्ला खेलकुद समिति अध्यक्ष शङ्कर थापासहितले पुरस्कार वितरण गरेका हुन् । कार्यक्रममा बोल्दै सदस्य सचिव विष्टले नेपालले सृजनात्मक क्षेत्रबाट नाम राख्ने काम खेलकुदबाट गरेकोप्रति खुशी व्यक्त गर्दै खेलकुदमा लाग्दै स्वस्थ रहन समेत आह्वान गरे ।
उनले सरकारले खेलकुदलाई अभैm प्रोत्साहित गर्नुपर्ने बताए । सो अवसरमा, ६५ वर्षीय धावक बैकुण्ठ मानन्धर र सैनिक जीवनबाट दौडमा कीर्तिमान राखेका रुकमान लिम्बूलाई सम्मान गरिएको छ । मानन्धरले समेत आपूmआवद्ध संस्थाका तर्पmबाट दमक रनलाई सम्मान गरेर सम्मानको आदान प्रदान गरे ।
‘दमक रन, अल रन’ भन्ने नाराका साथ सन् २०१५ डिसेम्बर ५ मा खडा भएको ‘दमक रन’ खडा भएर धरानदेखि दमकसम्मको दौड समेत गराएको छ । मिनी म्याराथनका अन्य केही कार्यक्रमका साथै स्वस्थ जीवनका लागि दमकमा प्रत्येक बिहान बालबालिकादेखि वृद्धवृद्धा समेतलाई अभ्यास दौडमा सहभागी बनाउँदै आएको छ ।