sujataकाठमाडौं/स्तन क्यान्सरबाट पीडित काङ्ग्रेस नेतृ सुजाता कोइरालालाई पाठेघरको समेत क्यान्सर भएको पुष्टि भएको पारिवारिक स्रोतले बताएको छ । सोमबारनै उनको पाठेघरको शल्यक्रिया गरिएको छ ।

स्तन क्यान्सरको उपचारका लागि सिङ्गापुरको सेन्ट पिटर्सवर्गमा उनी पाँच दिन बसेकी थिइन् । त्यहाँको उपचारपछि मलेसियामा थप परीक्षण गराउँदा उनमा पाठेघरको पनि क्यान्सर भएको पत्ता लागेको हो । आइतबार मलेसियाको सनवे हस्पिटल पुगेकी उनको सोमबार पाठेघरको सफल शल्यक्रिया गरिएको हो ।

तर उनलाई किमो भने चलाइएको छैन ।सिङ्गापुरमा उनको उपचारमा संलग्न चिकित्सकले नै मलेसियामा थप परीक्षण गराउनका लागि रिफर गरेका थिए । सुजाताको एकातिरको स्तनमा क्यान्सर देखिएको छ भने अर्कोतिरको पनि परीक्षण गरिएको छ । जसको रिपोर्ट आउन बाँकी रहेको चिकित्सकले बताएका छन् ।क्यान्सरको उपचारका लागि उनी कात्तिक २८ गते सिङ्गापुर गएकी थिइन् ।