barahaइटहरी/ नेपालकै प्रसिद्ध तीर्थस्थल बराहक्षेत्रमा बालाचतुर्दशीका अवसरमा विशेष धार्मिक कार्यक्रम हुने भएको छ । हिन्दू धर्मालम्वीहरुको पवित्र तीर्थस्थलका रुपमा रहेको सुनसरी जिल्लामा पर्ने बराहक्षेत्रमा बालाचतुदर्शीमा गरिने विशेष धार्मिक कार्यक्रमको तयारी पूरा भएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

मङ्सिर १२ गते विशेष धार्मिक कार्यक्रम अन्तर्गत महाआरती र श्रृङ्गार आरतीसँगै राष्ट्रिय तथा क्षेत्रीय कलाकारहरुद्वारा गीत तथा नृत्य प्रस्तुत गरी बाला चतुदर्शीको अघिल्लो रातभर धार्मिक जागरण अभियान चलाइने बराहक्षेत्र संरक्षण मञ्चका सल्लाहकार पण्डित योगेश भण्डारीले जानकारी दिए ।

उनका अनुसार बालाचतुदर्शीको अघिल्लो रात पवित्र धार्मिक तीर्थस्थल आइपुग्ने भक्तजनहरुका लागि आवश्यक पर्ने महाआरती र श्रृङ्गार आरतीका लागि चाहिने सबै सामग्री मन्दिर परिसरमानै व्यवस्थापन गरिने छ ।

भोलिपल्ट मङ्सिर १३ गते बाला चतुदर्शीका दिन आप्mना पितृहरुको मोक्षका लागि सतबिज छर्ने कार्यको पनि तीब्र तयारी भइरहेको बराहक्षेत्र संरक्षण मञ्चका अध्यक्ष नरबहादुर राईले जानकारी दिए । बाला चतुदर्शी धार्मिक मेलामा हजारौं भक्तजन आउने भएकोले उनीहरुको व्यवस्थापनको तयारी भइरहेको पनि मञ्चले जनाएको छ ।