धरान/अल्ट्रा धाविका मीरा राई जिताऔं अभियान धरानबाट सुरु भएको छ । जसको नेतृत्व किरात राई खेलकुद संघले लिएको छ ।
आजबाट धरान रनको साप्ताहिक कार्यक्रम धरान रनको २९१ औं हप्तामा ‘मीरा राई जिताऊ’ अभियान सुरु भएको हो । विभिन्न फ्लेक्सबोर्डहरुमार्फत् मीरा राईलाई भोट हाल्ने तरिका बारेमा रनमा सहभागी ४०३ रनरहरुलाई जानकारी गराइएको संघका सचिव विकास राईले बताए ।
मीरा राईलाई जिताऔं भन्ने व्यानर धरानका विभिन्न कलेज, कफीसप, तथा मूख्य चोकहरुमा तुलका रुपमा झुण्डाइने बताइएको छ भने विभिन्न कलेजहरुमा जानकारीका लागि जाने कार्यक्रम रहेको सचिव राईले बताए । यसका लागि धरान रन, उच्च डल्फीन पूर्वाञ्चल एकेडेमी, एम्स एकेडेमी, डिपोट कलेज, डिपोटियन स्पोर्टस क्लव, पूर्व डिपो विद्यार्थी संगठन र झुनास फिटनेसले सहकार्य गरिरहेका छन् ।
[caption id="attachment_20232" align="alignnone" width="1024"]
धरान रनमा सहभागीहरु । तस्बिर: विकास रार्इ[/caption]
मीरा राईले तेस्रो ८ के नेवा च्यारिटी प्रतियोगितामा सहभागी बनेकी थिइन् भने रनमासमेत सहभागी बन्दै दमकसम्म रनिङ गर्दै उनले धरान रनलाई सहयोग गरेकी थिइन् । नेशनल जियोग्राफीले हरेक वर्ष वितरण गर्दै आएको एडभेन्चर्स अफ दि इयर अवार्डमा मनोनयमा परेकी छन् । यो १२ औं एडभेन्चर्स अफ दि इयर अवार्ड हो । यसमा भोटिङ मतको आधारमा विजेता घोषणा गरिने बताइएको छ ।