राप्रपा संसदीय दलको बैठक बस्दै
काठमाडौँ/पार्टी एकतापछि राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलको पहिलो बैठक आज बस्दै छ । बैठकले संसदीय दलको नेता र पदाधिकारीको चयन गर्नेछ ।
सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बस्ने उक्त बैठकले संविधान संशोधनलगायत मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल गरी आवश्यक निर्णय लिने पार्टीका केन्द्रीय सदस्य किरण गिरीले जानकारी दिए । राष्ट्रिय प्रजातन्त्र पार्टीका ३७ जना सांसदले व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्दै आएको छ । पार्टी एकीकरणपछि राप्रपा संसद्मा चौथो ठूलो शक्तिका रुपमा रहेको छ । रासस
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































