श्री शालिवाहनीय शाके १९३८ वि.सं २०७३ साल ने.सं. ११३७ मंसिर २६ गते आईतबार ११ डिसेम्बर २०१६ सौम्यनाम संम्वत्सर दक्षिणायनं हेमन्तऋतु मार्गशीर्ष शुक्लपक्षको एकादशी तिथी १५।३१ बजे सम्म द्वादशी तिथी १३।१६ बजे सम्म उप्रान्त त्रयोदशी नक्षत्र भरणी २५।४५ बजे म्म उप्रान्त बृगतिका चन्द्रमाराशी मेष सुर्योदय ६।४६ सूर्यास्त ५।८ मा हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ):धैर्यले कामलिन सके आजको दिन तपाईको लागि उत्तम देखिन्छ । पेशा व्यवसायष्बाट मनग्यै लाभ होला । अध्ययनमा रुचि बढ्ला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): चुनौतिका बाबजुत पनि नसोचेको काम हात लाग्ला । जिवनसाथी सन्तान तथा विपरीत लिङ्गीले दिएको साथले अझ हौसला थप्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह): मातृधनलाभको योग देखिन्छ । सामाजिक कार्यमा असफल हुनु होला । बिचार पु¥याउन होला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :पुरानो रोगले फेरी सताउला । खानपिन र हावापानीलाई विशेष बिचार गर्नुहोाल । स्वास्थ्य प्रति सचेत रहनु राम्रो हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):काममा ढिलासुस्ती होला । घरायसी विवाद, तनाव, र असझदारी बढ्नाले निर्णयमा गाह्रो पर्ला । प्रेमपक्ष भने राम्रो देखिन्छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो):धार्मिक तथा सामाजिक कार्यका नेतृत्व लिनु पर्ला । जिम्मेवारी बढेर गएपनि काममा राम्र्रै प्रगति होला अध्ययनमा रुचि बढ्ला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते):नयाँ कामका लागि हात नहाल्नु नै उत्तम होला । पारीवारीक जमघटमा दिन बित्ला । नसोचेको अपजसस आईपर्ला । बिचार गर्नु राम्रो होला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):विलासिताको क्षेत्रमा धनराशी खर्च होला । आपसी समझदारी नहुँदा तनाव बढ्ला । अप्रिय व्यक्ति सँगको भेटले मन खिन्न बनाउला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे):कृषिजन्य व्यापार तथा कृषिबाट राम्रै लाभ हुनेछ । विद्यार्थीहरुका लागि आजको दिन उत्तम देखिन्छ । प्रेमपाक्ष भने कमजोर होला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि):नसोचेको व्यक्तिबाट पाइएको सहयोगले मनमा खुसि बढेर जाला । उन्नति प्रगतिका बाटाहरु देखिन थाल्नेछन् ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द): शारीरिक समस्याले सताउला । विविध कार्यमा नसोचेको धनराशी खर्च होला । मानसिक आलस्यता बढेर जाला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): व्यापारीहरुका लागि आजको दिन उत्तम देखिन्छ । लगानी गरेका क्षेत्रबाट प शस्तै आम्दानी होला । शुभ कार्यको शुभारम्भ होला ।