संविधान संशोधनको प्रस्ताव अपूर्णः अध्यक्ष यादव
चन्द्रौटा (कपिलवस्तु)/सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले ‘प्रचण्ड’ सरकारले ल्याएको संविधान संशोधनको प्रस्ताव पूर्ण नभएको बताएका छन् ।
कपिलवस्तुको पकडीमा आज आयोजित कार्यकर्ता भेलामा अध्यक्ष यादवले संविधान संशोधनको प्रस्तावले मधेसी, मुस्लिम, थारु, अदिवासी जनजातिको अधिकार प्राप्त नहुने विचार राखे ।
समाजवादी फोरमका केन्द्रीय सदस्य सहासराम यादवले एउटा समुदाय विरुद्ध अर्कोलाई लडाएर सामाजिक सद्भाव बिथोल्ने र परिवर्तन विरुद्ध उभिएकोे एमालेको गतिविधि अत्यन्तै आपत्तिजनक र विखण्डनकारी रहेकाे बताए । रासस
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































