वि.सं. २०७३ साल पुस ४ गते। सोमबार। इश्वी सन् २०१६ डिसेम्बर १९ तारिख। नेपाल संवत् ११३७ थिंलागा। पौष कृष्णपक्ष। तिथि– षष्ठी, २२:२६ बजेउप्रान्त सप्तमी।
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
स्वास्थ्यमा कमजोरी अनुभूति हुनेछ भने चिताएको काममा विलम्ब हुन सक्छ। समयको तालमेल नमिल्दा आफ्ना विषयवस्तुमा अरूले दाबी गर्न सक्छन्। व्यापारमा धेरै फाइदा नभए पनि पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ। सन्तान वा अनुयायीको साथले पनि हिम्मत जगाउनेछ। आँटले काम बन्नेछ। नयाँ योजना सुरु गर्न केही समय पर्खनुहोला।
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
मान्यजनसँग असमझदारी बढ्नेछ भने हठ गर्ने बानीले समस्या निम्त्याउन सक्छ। आसलाग्दो काम बिग्रनाले मन खिन्न हुनेछ। बेलैमा सजग नबन्दा व्यवहारमा दुःख पाइनेछ। अरूको सुझावमा भर नपर्नुहोला। महत्वाकांक्षी योजना पनि तत्काल सार्वजनिक नगर्नुहोला। परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ। अहिले मेहनत गर्दा पछिलाई फाइदा हुने देखिन्छ।
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
कृषि, व्यवसाय तथा पशुपालनमा समस्या बढ्नेछ। पहिलेका सहयोगीहरूले हात झिक्नाले अप्ठ्यारोमा परिनेछ। परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ। प्रतिकूल सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। सञ्चित रकम खर्चनुपर्ने आवश्यकता पर्न सक्छ। पारिवारिक असमझदारीले पनि काममा अप्ठ्यारो पर्न सक्छ। दिगो काम प्रारम्भ गर्न केही समय पर्खनुहोला।
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। आँटेको काममा सानोतिनो समस्या आउन सक्छ। बोलीको गलत अर्थ लाग्नाले सहयोगीहरू टाढिन सक्छन्। काम र पठन–पाठनमा लगनशील बन्न नसक्ता अरूले आलोचना गर्न सक्छन्। काम रोकिनुका साथै मानसम्मानमा आघात पुग्न सक्छ। पुरानो हिसाबकिताबले विवाद निम्त्याउन सक्छ, सजग रहनुहोला।
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
हिम्मतले काम लिन नसक्दा अवसर गुम्न सक्छ। योजनाअनुसार अघि बढ्न नसकिए पनि नियमित काम भने सम्पादन हुनेछन्। शुभचिन्तकहरूले आफ्ना कमजोरी औंल्याउन सक्छन्। स्वास्थ्यका लागि खानपानमा सचेत रहनुहोला। भेटघाटले काममा बाधा पुर्याउला। आश्वासन दिनेहरूले झुक्याउन सक्छन्। रमाइलो जमघटको आनन्द लिनबाट वञ्चित भइएला।
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
केही मात्रामा खर्च बढ्नेछ भने पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। प्रतिस्पर्धामा जुट्नुपरे पनि बुद्धिले काम लिँदा बिस्तारै फाइदा हुनेछ। लगनशीलताले फाइदा दिलाउनेछ। तर तत्काल लाभ उठाउँदा भविष्यमा नोक्सान हुने देखिन्छ। लामो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। विदेशबाट रकम हातलागी हुने सम्भावना छ।
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
मेहनतले आम्दानी बढाउनेछ। आम्दानीका स्रोतहरू बढ्नेछन् भने उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा मनग्य लाभ हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। अध्ययनमा पनि राम्रै प्रगति हुनेछ। नयाँ ज्ञान प्राप्त हुने योग छ। पितृधनको उपयोगबाट विशेष फाइदा हुनेछ। श्रमको उचित मूल्यांकन होला। दिन उत्साहवर्द्धक रहनेछ।
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। कामले कीर्तिमानी दिलाउनेछ। तर साइनो गाँस्नेहरूबाट सजग रहनुहोला। ईर्ष्या गर्नेहरू सक्रिय रहनेछन् भने अवसरवादीहरूले कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। सानातिना काममै अल्झनुपर्नेछ भने पहिलेका समस्या दोहोरिन सक्छन्। अवसर आए पनि काममा हात हाल्नुअघि विचार पुर्याउनुहोला।
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
कमजोरीले चिन्ता बढाउन सक्छ। बाध्यतामा अलमलिनुपर्दा चिताएको काम रोकिए पनि भाग्यले विभिन्न अवसर थमाउनेछ। उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। धेरैले साथ दिनेछन्। सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। अरूको काममा जुट्नुपरे पनि फाइदा आफैंलाई हुनेछ। तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ।
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ। सहयोगीहरूले अप्ठ्यारो समयमा साथ दिनाले चुनौतीहरूलाई पार लगाउन सकिनेछ। गोप्य रहस्य पत्ता लाग्नेछन् भने नसोचेको धन लाभ हुन सक्छ। तापनि, सानातिना समस्याले केही अप्ठ्यारो परिस्थिति सिर्जना हुने देखिन्छ। स्वास्थ्यमा पनि अलि कमजोरी अनुभूति हुन सक्छ।
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
परिवारजनको साथले उत्साहित भइनेछ। प्रेम वा मित्रताको बन्धन कसिने समय छ। भौतिक साधन जुट्नेछ भने आम्दानी बढाउने काम प्रारम्भ गर्न सकिनेछ। आयआर्जन राम्रै हुनेछ। कामबाट फुर्सदिलो भइनेछ भने अतिथिका रूपमा सत्कार समेत पाइने सम्भावना छ। व्यापार–व्यवसायमा लाभ हुनेछ। व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर जुट्नेछ।
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
थोरै लाभ भए पनि ठूलो आवश्यकता पूरा हुनेछ। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्। गोपनीयता बाहिरिनाले पनि केही समस्या पर्न सक्छ। स्वास्थ्यमा ध्यान पुर्याउनुहोला। तत्काल लाभ नभए पनि उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। चिताएको काम पूरा नभए पनि आंशिक फाइदा उठाउन सकिनेछ। आस मारेको कामले पछिका लागि उत्साह जगाउनेछ। (नेपाली पात्रो)
आजको राशीफल
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।































