भद्रपुर/शब्द तर्फ विश्व किर्तिमान राख्न सफल भएका झापा भद्रपुरका युवा अर्पण शर्मा कट्टेलले अन्य चार ओटा विधामा पनि विश्व रेकर्ड राख्ने तयारीमा रहेको बताएका छन् । ग्रिनिज बुकवाट पाएको प्रमाण पत्र देखाउदै उनले अब बाँकी प्रमाण पत्र पाउनको लागी तयारीमा जुटेको बताएका हुन् ।दुइ दिन अघि एमाले अध्यक्ष केपी शर्मा ओलीको हातवाट गिनिज बुकवाट दिएको प्रमाण पत्र लिएका कट्टेलले आइतवार भद्रपुरमा पत्रकार सम्मेलन गरी नेपाल सरकारले आफ्नो प्रतिभालाई हलुका तबरले लिएकोमा गुनासो गरे ।
सरकारको सहयोग नपाएपनि आफ्नो उदेश्य जारी रहेको उनले बताए । ‘कुनै औषधी विना पानीमुनी श्वास रोकेर दुइ बुक तास गन्ने र बाहिर आएर भन्ने,टायरको साहायतामा उल्टो झुण्डिएर एक मिनटसम्म गित गाउने,नम्बर उल्लेख गर्ने र रङको पहिचान गर्ने’ बिषयमा पनि आफुले बिश्व किर्तिमान राख्न चाहेको बताए । तासको विषयमा जाडो सकिने वित्तिकै सुरु गरिने र अन्य क्रमश गर्दै लैजाने उनको भनाई छ । नाम लेखाउन सफल भएपनि सरकारको असहयोगका कारण तेह्र महिनापछि प्रमाण पत्र हात परेको उनको भनाई छ । आफुले यो क्षेत्रमा लाग्ने पे्ररणा थानेश्वर गुराँगाईवाट पाएको बताए ।
४० ओटा वस्तुको बारेमा भारतका जयसिम्हा रवि लाभा रहेकोमा आफुले ४२ प्रकारका शब्द भन्न सकेको आधारमा प्रमाण पत्र पाएको बताए । त्यसैगरी रसियाका एक ब्यत्तिले एक बुङ तास गनेकोमा आफुले दोब्वर गन्ने लक्ष्य रहेको उनले बताए । हालसम्म सरकारवाट ५० हजार र राष्ट्रिय तथा अन्तराष्ट्रियका संघ संस्थावाट करिब चार लाख रकम पाएको बताए ।
पत्रकार सम्मेलनका अध्यक्ष तथा अर्पणका बुवा मोहनले सरकारले छोराको सुरक्षा,तथा अगाडि बढ्नको लागी आवश्यक सहयोग गर्नुपर्ने माग गरेका छन् । आफु गरिब परिवार भएकोले छोराको उन्नती भनेको नेपालमात्र नभई विश्वमा नै चिनिने भएकोले सरकारको यस तर्फ ध्यान जानु जरुरी रहेको उल्लेख गरेका छन् ।कार्यक्रममा झापाका उद्योगी,व्यवसायी,अर्पणका परिवार आफन्तहरुको पनि उपस्थिती रहेको थियो ।