पर्यटकीय दृष्टिकोणले अत्यन्त महत्वपूर्ण मानिएको चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको अग्यौलीको अमलटारी गाउँलाई पर्यटकको केन्द्रबिन्दु बनाई तीन वर्षअघि होमस्टे सञ्चालनमा आएको हो । यहाँ भारत, अमेरिका, फ्रान्स, स्विडेन, स्विजरल्यान्डलगायत विदेशबाट तथा काठमाडौँ, पोखरा, चितवन, बुटवललगायत थुप्रै ठाउँबाट आन्तरिक र बाह्य पर्यटक आउने गरेका होमस्टे सञ्चालक धनमायाँ महतोले बताए ।
यहाँ २० वटा होमस्टे रहेका छन् । एक पटकमा ४० वटा कोठामा ८० जना पाहुनालाई खान बस्न व्यवस्थापन गर्न सकिन्छ । होमस्टेमा खाना बसाइँबाहेक नारायणी नदीमा डुङ्गामा यात्रा र हात्ती सफारी समेत गर्न मिल्छ । विदेशी तथा आन्तरिक पर्यटकलाई गाउँगाउँसम्म पु¥याउन तथा स्थानीय रहनसहन र कलासंस्कृितमार्फत तान्नका लागि होमस्टे सञ्चालनमा ल्याइएको हो ।
होमस्टे पर्यटकको गन्तव्यस्थलका साथै आम्दानीको मुख्य स्रोत समेत बनेको छ । होमस्टेबाट यहाँका बासिन्दाको जीवनस्तरमा परिवर्तन आएको अग्यौली मध्यवर्ती होमस्टेका सञ्चालक महतोले बताए । थारु र बोटे समुदायको परम्परागत कला र संस्कृति झल्कने घरमा होमस्टे सञ्चालन गरिएको छ । नृत्य तथा गायनले होमस्टे लोकप्रिय बन्दै गएको अध्यक्ष प्रेमशङ्कर मर्दनियाँ थारु बताए ।
यहाँ आउने पर्यटकलाई प्रत्येक घरमा आलोपालो गरेर राख्ने व्यवस्था मिलाइएको छ । होमस्टेमा पाहुनाका लागि रोजाइअनुसारको चिचर, माछा, घोगीँ, कुखुरा, हाँसको मासु, छोयलालगायत परिकार बनाइन्छ । यहाँ आम्दानी भएको रकम एकमुष्ट समितिमा जम्मा गर्ने र आम्दानीलाई विभाजन गरेर ९० प्रतिशत रकम होमस्टे सञ्चालकलाई दिइने गरिन्छ । “दश प्रतिशत रकम विकास निर्माण र समाजसेवामा खर्च गरिन्छ,” होमस्टे व्यवस्थापक धनीराम चौधरीले बताए । रासस थारु होमस्टे लोकप्रिय बन्दै
नवलपरासी/अग्यौलीमा रहेका होमस्टे आन्तरिक र बाह्य पर्यटकका लागि लोकप्रिय बन्दै गएका छन् । बोटे र थारु समुदायका बासिन्दा मिलेर सञ्चालनमा ल्याइएका ती होमस्टेमा बर्सेनि आन्तरिक र बाह्य पर्यटक आउने क्रम बढ्दै गएको छ ।
पर्यटकीय दृष्टिकोणले अत्यन्त महत्वपूर्ण मानिएको चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको अग्यौलीको अमलटारी गाउँलाई पर्यटकको केन्द्रबिन्दु बनाई तीन वर्षअघि होमस्टे सञ्चालनमा आएको हो । यहाँ भारत, अमेरिका, फ्रान्स, स्विडेन, स्विजरल्यान्डलगायत विदेशबाट तथा काठमाडौँ, पोखरा, चितवन, बुटवललगायत थुप्रै ठाउँबाट आन्तरिक र बाह्य पर्यटक आउने गरेका होमस्टे सञ्चालक धनमायाँ महतोले बताए ।
यहाँ २० वटा होमस्टे रहेका छन् । एक पटकमा ४० वटा कोठामा ८० जना पाहुनालाई खान बस्न व्यवस्थापन गर्न सकिन्छ । होमस्टेमा खाना बसाइँबाहेक नारायणी नदीमा डुङ्गामा यात्रा र हात्ती सफारी समेत गर्न मिल्छ । विदेशी तथा आन्तरिक पर्यटकलाई गाउँगाउँसम्म पु¥याउन तथा स्थानीय रहनसहन र कलासंस्कृितमार्फत तान्नका लागि होमस्टे सञ्चालनमा ल्याइएको हो ।
होमस्टे पर्यटकको गन्तव्यस्थलका साथै आम्दानीको मुख्य स्रोत समेत बनेको छ । होमस्टेबाट यहाँका बासिन्दाको जीवनस्तरमा परिवर्तन आएको अग्यौली मध्यवर्ती होमस्टेका सञ्चालक महतोले बताए । थारु र बोटे समुदायको परम्परागत कला र संस्कृति झल्कने घरमा होमस्टे सञ्चालन गरिएको छ । नृत्य तथा गायनले होमस्टे लोकप्रिय बन्दै गएको अध्यक्ष प्रेमशङ्कर मर्दनियाँ थारु बताए ।
यहाँ आउने पर्यटकलाई प्रत्येक घरमा आलोपालो गरेर राख्ने व्यवस्था मिलाइएको छ । होमस्टेमा पाहुनाका लागि रोजाइअनुसारको चिचर, माछा, घोगीँ, कुखुरा, हाँसको मासु, छोयलालगायत परिकार बनाइन्छ । यहाँ आम्दानी भएको रकम एकमुष्ट समितिमा जम्मा गर्ने र आम्दानीलाई विभाजन गरेर ९० प्रतिशत रकम होमस्टे सञ्चालकलाई दिइने गरिन्छ । “दश प्रतिशत रकम विकास निर्माण र समाजसेवामा खर्च गरिन्छ,” होमस्टे व्यवस्थापक धनीराम चौधरीले बताए । रासस
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe

प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।