धरान/दिल्ली पब्लिक स्कुल धरानमा बिहीबारदेखि दुईदिने शैक्षिक तथा साँस्कृतिक महोत्सव सुरु भएको छ । महोत्सवमा विद्यार्थीहरुले गरेका गतिविधिहरुलाई प्रदर्शनीमा राखिएको छ । [caption id="attachment_22088" align="alignnone" width="960"]dilli तस्बिरहरुः ब्लाष्ट/भोजराज श्रेष्ठ[/caption] स्कुलमा कक्षा ३ देखि कक्षा १२ सम्म अध्ययरत विद्यार्थीहरुले कक्षागत गरेका गतिविधिहरुलाई महोत्सवमार्फत् सार्वजनिक गरिएको छ । ‘विद्यार्थीहरुद्वारा प्रत्येक विषयमा हासिल गरेको उपलब्धीलाई विषयगत रुपमा प्रदर्शनी गरिएको छ ।’ स्कुलका नेपाली शिक्षक हेमचन्द्र वस्तीले भने । उनका अनुसार विद्यार्थीहरुले साँस्कृतिक कार्यक्रम अन्तर्गत संगीत, नृत्य, नाटकलगायत प्रस्तुति दिने छन् । विज्ञान र प्रविधिको क्षेत्रमा विद्यार्थीहरुले गरेको गतिविधिहरुलाईसमेत स्टलमार्फत् प्रदर्शन गरिएको छ । dilli1 स्कुलले विद्यार्थीहरुलाई लक्षित गर्दै यो महोत्सव लगाउने गरेको प्रिन्सिपल पि संकरालिङ्गमले जानकारी दिए । स्टलमा विज्ञान सम्बन्धि विभिन्न स्टलहरु राखिएका छन् भने हिन्दी, नेपाली साहित्यलाईसमेत स्टलमा प्रदर्शनको लागि राखिएको छ । त्यस्तै व्यवस्थापनमा अध्ययरत विद्यार्थीहरुलेसमेत स्टल राखेका छन् । कम्प्युटर, शारीरिक शिक्षाका विषयमासमेत विद्यार्थीहरुले स्टल राखेका छन् । dilli2 उद्घाटनको अवसरमा विभिन्न विषयहरुमा विद्यार्थीहरुलाई सचेत गराउने उद्देश्यले कार्यक्रम राखिएको थियो । मानसिक विषयमा डा. दिनेश सापकोटा, व्यवस्थापन विषयमा कुमुदा लामिछाने, फुड टेक्नोलोजीको विषयमा डम्बरबहादुर कार्की, पशु विज्ञानका विषयमा डा. मोहम्मद सहनवाज र प्याथालोजीको विषयमा डा. स्मृति कार्कीले जानकारी गराएकी थिइन् । महोत्सव शुक्रबार सम्पन्न हुने छ । स्कुलमा १३ सय विद्यार्थीहरु अध्ययरत छन् । महोत्सवको उद्घाटन बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. बलभद्रप्रसाद दास, शिक्षाध्यक्ष प्रा.डा. बिक्रमप्रसाद श्रेष्ठ, अस्पताल निर्देशक प्रा.डा. अरविन्दाकुमार सिंन्हा, रजिष्टार तुलबहादुर श्रेष्ठलगायतले गरेका थिए ।